हाम्रो कुनै ठेगाना छैन :
गुरुदेवसँग सोध्दा खेरी कि यस योगलाई संसारमा फैलाउने सबै भन्दा छिटो र सरल तरिका कुन होला? वहाँले भन्नु भयो कि “यो ज्ञान पूर्वबाट पश्चिमतिर विद्युतिय गतिले जानेछ अर्थात् वेबसाइटलाई अधिकतम व्यक्तिमा शेयर गर । मेरो भौतिक शरीर केही स्थानमा मात्र जान सक्छ तर वेबसाइटको माध्यमबाट संसारको कुनै पनि कुनामा पुग्न सकिन्छ ।” गुरु सियाग एउटा अर्थमा नयाँ जमानाको गुरु हुनुहुन्थ्यो जसलाई यो राम्रोसँग थाहा थियो कि यस भौतिक युगमा संसार साँघुरिदैं गइरहेको छ, इन्टरनेटले दूरी घटाइ दिएको छ। वहाँले यस योगलाई फैलाउनको लागि शिष्यहरूलाई इन्टरनेटको माध्यम उपयोगमा लिनको लागि खुब उत्साहित गर्नुभयो । आज सोशल मिडिया र GSY वेबसाइटको माध्यमबाट सारा संसारका मान्छे गुरु सियागको प्रचारमा आपसमा जोडिएका छन् ।
गुरु सियागले सबै शिष्यलाई आ-आफ्नो स्तरमा प्रचार गर्नको लागि पुरा स्वतन्त्रता प्रदान गर्नुभयो । गुरुदेवले आध्यात्मिक उत्थानको लागि कुनै पनि अन्य व्यक्ति वा ढाँचामा निर्भर हुनको लागि भन्नु भएन । गुरुदेवले स्वयंको भित्र बसेको गुरुसँग सम्बन्ध स्थापित गर्नको लागि जोड दिनुभयो । गुरुदेवले यो पनि भन्नुभयो कि जस प्रकारले प्राकृतिक शक्ति प्रकाश, हावा, वर्षा आदिको कुनै अफिस वा ठेगाना हुँदैन त्यस्तै प्रकारले कुण्डलिनी शक्ति वा गुरु सियाग योगलाई पनि कुनै ठेगानाले बाँध्न सकिँदैन । गुरु सियाग योग जस्तो विश्वव्यापी विषयलाई कुनै ठाउँ (भौतिक) ठेगानामा सीमित गर्नु धेरै सानो जस्तो लाग्छ । यस्तै किसिमले गुरु सियागको शिष्य पनि कुनै अफिस, ठेगाना वा ढाँचाबाट नियन्त्रित छैनन् र आफ्नो आफ्नो स्तरबाट सारा संसारमा कतै पनि कुनै पनि माध्यमबाट गुरु सियाग योगको निःशुल्क प्रचार गर्नको लागि पूर्ण रूपबाट स्वतन्त्र छन् ।
Website: www.gurusiyagyoga.org | Email: gssyworld@gmail.com | Mob App: Guru SiyagYoga (GSY) |
FB Eng.: Guru Siyag’s Yoga | FB Hindi: Guru Siyag Yoga – हिंदी | FB: Guru Siyag Yoga – ગુજરાતી |
FB Nepali:Guru Siyag Yoga – नेपाली | ||
Call: 7976251916 | WhatsApp: 9468623528 | English: 8369754399 |
Gujarati: 9909930177 | USA: +1(248) 525 3793 | नेपाली : +977 9841281273 |