(ne) Guru Siyag Yoga

 

प्रश्न म नयमित पूजापाठ (नमाज, प्रेयर) गर्दथें तर मेरो इच्छा पुरा हुँदैन् थियो, तर यो ध्यान गर्न लागे पछि सबै कुरा ठीक हुन लाग्यो, यस्तो किन? पहिले के भगवानको शक्तिले सुन्दैन थिए? यिनी गुरुदेवमा वा यस विधिमा यस्तो के छ जुन सिधै पूजाबाट मिल्दैन थियो?

उत्तर प्रश्न धेरै गहिरो छ, तपाइँले कहिल्यै सोच्नु भयो कि एउटा सानो बच्चाले आफ्नो बुवासँग जिद्दि गरेर आफ्नो माग पुरा गराउँछ वा उसको जिद्दि देखेर बुवाले स्वयम् नै उसको माग पुरा गरिदिन्छन्। तर जब हामी हाम्रो कुनै प्रार्थना भगवानसँग गर्दछौं तब त्यो पुरा किन हुँदैन? के भगवानमा हामीलाई दिने शक्ति छैन वा हाम्रो प्रार्थना नै भगवान सम्म पुगिरहेको छैन्? अब यो त हुनै सक्दैन कि भगवानमा दिने शक्ति नै छैन्, हाम्रो प्रार्थना नै पुगिरहेको छैनहोला नत्र यो कसरी सम्भव छ कि भगवानसँग हामीले केही मागौं र उहाँले नदिनुहोस्? यसको अर्थ हो कि हामी भगवानको शक्तिसँग जोडिन सकिरहेका छैनौं । अब प्रश्न यो हो कि भगवानको त्यस विशाल शक्तिसँग सम्पर्क कसरी गर्ने?

आकाशबाट तुफानी बर्सातमा लाखौं भोल्टको बिजुली खस्छ तर त्यस बिजुलीबाट हामीले एउटा बल्ब पनि बाल्न सक्दैनौं । तर त्यही लाखौं भोल्ट जस्तै बिजुली, पावर हाउसबाट जब तारको माध्यमद्वारा हाम्रो घरमा आउँछ तब हामीले बल्ब बाल्न सक्छौं । अर्थात् लाखौं भोल्टको बिजुलीको अनियन्त्रित रूप तारद्वारा नियन्त्रित भएर प्रकाश दिन्छ ।

यस्तै प्रकारले हामीले सिधै ईश्वरको विशाल शक्तिसँग सम्पर्क बनाउन सकेका हुदैनौं तथा न त हामीले प्रत्यक्ष ईश्वरीय शक्ति झेल्न सक्छौं । गुरुदेवको ध्यानको तरिकाले हामी र ईश्वरीय शक्तिको बीच एउटा तारले जस्तै कार्य गर्छ । यही कारण हो कि पहिले पूजा-पाठबाट जुन समस्या समाधान हुँदैन थियो त्यो अब गुरुदेवको ध्यानको माध्यमबाट त्यही माथि वालाबाट समाधान हुन थाल्छ ।


प्रश्न त्यसो भए कुनै पनि गुरुको तरिकाबाट हाम्रो कार्य हुनु पर्छ, गुरुदेव सियाग नै किन? गुरु सियाग अन्य गुरुहरू देखि अलग कसरी हुनुहुन्छ?

उत्तर यदि तार पातलो वा सही गुणस्तरको छैन भने पनि बल्ब बल्दैन वा फ्युज उड्छ अर्थात् तारमा पनि लाखौं भोल्ट सहन गर्ने क्षमता हुनुपर्छ । यसै प्रकारले गुरु पनि स्वयम् समर्थ हुनु पर्छ तब मात्रै उसले ईश्वरीय शक्तिको आभास गराउन सक्छ । समर्थको मतलब उपलब्ध, आलोकित, प्रबुद्ध, इन्लाटण्ड, कुण्डलिनी शक्तिलाई नियन्त्रित गर्न सक्ने वाला, सगुण साकार एवं निर्गुण निराकार, दुबै सिद्धि प्राप्त, जस्को फोटोले मात्रले पनि दुनियाँमा कतै पनि ध्यान लाग्ने, जसले तपाइँलाई हरेक प्रकारको बन्धनबाट मुक्त राख्ने, त्यही गुरुले तपाइँको लागि कार्य गर्नेछन् । यो सबै समर्थता (गुण) गुरु सियागमा छ ।

अब प्रश्न छ कि गुरु सियाग अरू भन्दा अलग कसरी त यस्का धेरै कारण छन् । समर्थ गुरु सर्वव्यापी हुन्छन् । जस प्रकारले एउटै सूर्यले पुरा दुनियाँलाई प्रकाश दिन्छ त्यस्तै प्रकारले समर्थ गुरुले पनि, एउटा युगमा एउटै हुन्छन् जुन पुरा विश्वको कुनै पनि कुनामा शिष्यद्वारा ध्यान एवं मन्त्र जप गर्नाले मात्र कृपा गर्न आरम्भ गरिदिन्छन् ।

गुरु सियाग सिद्धयोगमा

  • कुनै पनि प्रकारकोपूजा-पाठ, माला, रक्षा बन्धन, तिलक, चन्दन, आरती, मिठाई, प्रसाद, नरिवल, व्रत, उपवास, तीर्थ, मन्दिर-मस्जिद आदि कर्मकाण्ड सम्मिलित छैन ।
  • पुरै दुनियाँमा कहीँ पनि गुरुदेवलाई नभेटेर पनि केवल गुरुदेवको फोटोले मात्र पनि ध्यान लाग्छ ।
  • दीक्षाको लागि, गुरुदेवले कहिल्यै आफूसँग आउनको लागि बाध्य पार्नु हुन्न ।
  • मन्त्र दीक्षा, भिडियो/अडियो सी.डी.बाट,टी.भी.बाट,ईमेलबाट पनि पाइन्छ जसले पूर्ण तरिकाले कार्य गर्छ।
  • मन्त्र जप कुनै अर्का (जो स्वयम् गर्नमा असक्षम छन् जस्तै साना नासमझ बच्चा, मानसिक विकृति भएका) को लागि पनि गर्न सकिन्छ ।
  • गुरुदेवले साधकलाईकुनै कोर्स वा ट्रेनिंगसेशनमा उपस्थित हुन भन्नुहुन्न।
  • गुरु सियागकोसिद्धयोगलाई गर्नको लागी योगको कुनै प्रारम्भिक जानकारी आवश्यक छैन ।
  • गुरुदेवले कुनै कुरा छोडन वा बद्लिन भन्नुहुन्न, गुरुदेवको भनाइ छ कि तिमीले नछोड, जुन वस्तु तिम्रो लागि सही छैन त्यसले तिमीलाई छोडेर जानेछ ।
  • कुनै लेन-देनको जरुरत छैन, गुरु सियाग योग पूर्णतः निःशुल्क छ ।
  • गुरुदेवले कुनै प्रत्यक्ष वा अप्रत्यक्ष रूपले दान माग्नुहुन्न, कुनै दर्ता गर्नु पर्दैन ।
  • गुरुदेवले कहिल्यै भन्नुहुन्न कि मलाइ गुरु बनाए पछि कुनै अर्कोलाई गुरु नबनाउनु ।
  • गुरुदेवले यस्तो कहिल्यै भन्नुहुन्न कि गुरुलाई छोड्यौ भने पाप लाग्छ, गुरु सियागले त भन्नुहुन्छ कि मलाइ छोडेर कसै अरूलाई गुरु बनाउ तर तिम्रो काम भएन भने झुकेर मसँग माग्नु ।
  • गुरुदेवले कहिल्यै भन्नु हुन्न कि मलाइ नछोड, उहाँको भनाइ छ मेरो ध्यानले तपाइँको कार्य भएन भने मलाइ छोडेर नयाँ गुरु बनाउनु, कुनै रोक छैन ।
  • गुरुदेवले कुनै पनि प्रकारको पाप-पुण्य, स्वर्ग-नर्कको कुरा गरेर तर्साउनु हुँदैन ।
  • आध्यात्मिकताको नाममा कुनै पनि प्रकारको कथा / कहानी सुनाउनु हुँदैन ।
  • योगको नाममा कुनै कसरत गराउनु हुँदैन ।
  • गुरुदेवले कुनै पनि प्रकारको औषधी वा जडीबुटी बेच्नुहुन्न ।

प्रश्न गुरुदेवले भन्नुहुन्छ कि ईश्वर प्रत्यक्षानुभूति एवं साक्षात्कारको बिषय हो, कथा प्रवचनको होइन । यस्को तात्पर्य के हो? किनकी आजभोलि त टि. ‍भि. च्यानलमा तथा जतात्यतै आध्यात्मिकताको नाममा कथाप्रवचन भएको देखिन्छ ।

उत्तर भगवान, गड, अल्लाह आदि के हुन? कहाँ बस्छन्? कसरी भेटिन्छन्? आदि अनेकौं प्रश्न दिमागमा आइरहन्छन् । यस्को उत्तर पाउनको लागि मन्दिर, मस्जिद, चर्च गएर वा घरमा पूजा-पाठ इत्यादि गरिन्छ। बचपन देखि देख्दै आएका छौं कि बाजे-बज्यै, आमा-बुवा आदिले नियमित पूजा-पाठ, माला जप, व्रत-उपवास, कथा सुन्नु, रामायण पाठ, हनुमान चालिसा, नमाज, प्रेयर, माताको पूजा आदि गर्दै आएका छन् । उहाँहरूले अह्राएकोले र देखासिकी हामीले पनि यो कार्य सुरु गर्यौं । तर यति गरे पछि पनि भगवानको बारेमा न त थाहभयो न त यो बुझ्न सकियो कि के गर्ने? प्राचिनकालमा अधिकांश मनुष्य विभिन्न दैविय शक्तिको स्वामी थिए जबकि शरीरिक रूपमा हामी समान नै थिए । भूत-भविष्यको घटना देख्नु, सुन्नु, इच्छा मात्रले ध्यान-समाधिमा जानु, सोचेको घटित हुनु आदि । यी कुनै जादुई शक्ति थिएनन् । यो त्यस कालका मनुष्यको आन्तरिक दैवीय शक्ति, कुण्डलिनी शक्ति जागृत अवस्था हुनुको कारणले थियो । त्यस कालमा यो साधारण क्रिया मात्र थियो । यस्का कयौं उदाहरण रामायण, महाभारत, कुरान, बाइबल, गीता आदिमा अवस्थित छ । कुण्डलिनी हामी सबैमा पनि छ तर कलियुगको गुणधर्मको कारणले सुतेको छ । यसै कारणले हामी सबै प्रकारको शक्तिहरूबाट हीन भएका छौं । तामसिक शक्ति सबैतिरबाट हाबी भएको छ । बिभिन्न प्रकारको बिमारी पनि, यिनै आन्तरिक शक्तिको क्षीणताको परिणाम हो ।

आज विभिन्न शरीरिक कसरतलाई योगको नाम दिइन्छ जबकी यस योगको वैदिक दर्शनमा वर्णित योगसँग कुनै सम्बन्ध छैन् । सिद्धयोग दर्शनमा शरीर, समर्थ गुरुको ध्यानको दौडानमा, आवश्कता अनुसार आफैआफ आसन एवं प्राणायाम गर्छ । आजका धर्माचार्यहरू अतितको गुणगाण गर्दै त्रेता तथा द्वापर युगको कथा-प्रवचन सुनाउँछन् । कुण्डलिनीको केवल कुरा गर्छन् । यी कथा-प्रवचनबाट न त सुन्नेहरूलाई न त भन्नेहरूलाई नै ईश्वरीय शक्तिको आभास भएको छ । यसलाई उनीहरूले राम्रोसँग बुझ्छन् । कथा-प्रवचन गर्नेहरूले तपाइँलाई कयौं तरिकाले तर्साउँछन् । ईश्वरको नामले त भय टाढा भाग्छ र मनुष्य हरेक प्रकारको बन्धनबाट मुक्त हुन्छ । तर यस समयमा पाप-पुण्य, स्वर्ग-नर्क रूपी काल्पनिक बन्धनले बाँधेर, भयबाट भगवानको अनुभूति गराउँदै, मोक्षलाई समझाउने असफल प्रयास गरिँदैछ ।

समर्थ गुरुले ईश्वरको साक्षात्कार एवं प्रत्यक्ष अनुभूति गराइ दिन्छन् न कि कथा-कहानी सुनाएर मनोरञ्जन गराउँछन् । जस प्रकार पानीको बारेमा केवल कुरा गर्नाले तिर्खा मेटिदैंन्, त्यसै गरि कुण्डलिनीको कुरा गर्नु, पुरातन कालमा भएको घटनालाई तोडमोड गरेर जनतालाई हँसाउनु, मनगढन्त कथा-कहानी सनाउनु तथा मनोरञ्जन गराउनाले ईश्वरको प्रत्यक्षानुभूति एवं साक्षात्कार हुँदैन वा सुन्नेहरूलाई ईश्वरीय शक्तिको महसुस हुँदैन ।

गुरुदेवले कुनै पनि कार्यक्रममा वा उहाँको केवल फोटोमा ध्यान गर्नाले मनुष्यको कुण्डलिनी जागृत गरेर ईश्वरको प्रत्यक्ष अनुभूति गराइ दिनुहुन्छ । 


प्रश्न मानछेले भन्छन्, गुरु सियाग प्रति पूर्ण निष्ठा तथा धैर्य आवश्क छ एवं समर्पण छ भने परिणाम अवश्य मिल्छ । निष्ठा, धैर्य तथा पूर्ण समर्पणको अर्थ के हो?

उत्तर मात्र एवं मात्र गुरु सियागको साधना पद्धतिलाई पूर्ण तरिकाले अपनाउनु । साधना आरम्भ गर्नेहरू, यस कुरालाई लिएर चिन्तित हुन्छन् कि कसरी के प्रयास गरेर जप गर्ने? तर केही दिन सम्म मात्रै निष्ठा पूर्वक लगातार प्रयासको आवश्यकता हुन्छ जब केही दिन सम्म लगातार मन्त्रको जप गरिन्छ तब यो स्वतः नै जपिन लाग्छ यद्यपि यो यस कुरामा निर्भर गर्छ कि कति निष्ठा, ईमान्दारी र लगनका साथ प्रयास गरिएको छ । साधकहरूलाई यो कडा निर्देशन दिइन्छ कि यदि तपाइँहरूलाई प्रगति सुस्त लागेमा पनि यसलाई नछोड्नु होला, अन्ततः तपाइँहरूले प्राप्त गर्नुहुनेछ ।

सिद्धयोगमा गुरु सियाग प्रति पूर्ण विश्वास एवं समर्पणको साथै दिक्षामा दिइएको मन्त्रको जप एवं ध्यान शामिल छ । गुरु सियाग एउटा साधकलाई जुन उनको शिष्य बन्न चाहन्छ, एउटा मन्त्र, एउटा दिव्य शब्द दिनु हुन्छ जसलाई चुपचाप (ओठ र जिभ्रो नहल्लाएर) मानसिक रूपले जप गर्नु पर्ने हुन्छ तथा उहाँले भन्नुहुन्छ कि प्रतिदिन ध्यान कसरी गर्ने हो । रोजै ध्यान, मानसिक रूपले मन्त्र जपको साथ हुन्छ । केही दिन सम्म लगातार मन्त्रको जप गर्दै रहनाले अजपा-जप बन्दछ । यो सिधा तरिकाले यस कुरामा निर्भर गर्छ कि तपाइँले कति निष्कपटता, विश्वास तथा तीव्रताका साथ गर्नु भएकोछ । केही साधकमा यो जप एक हप्तामा नै अजपा बन्न सक्छ तथा अन्यमा केही महिना वा अधिक समय पनि लाग्न सक्छ । शिष्यले मन्त्र जपको साथ साथै बिहान बेलुका 15-15 मिनेटको लागि ध्यान पनि गर्नु पर्ने हुन्छ ।


प्रश्न गुरु सियागले जुन दिव्य मन्त्र दिनुहुन्छ त्यसले कसरी कार्य गर्छ? मन्त्र (नामजप) ले कसरी परिवर्तन ल्याउँछ? यो मन्त्र लिन किन जरुरी हुन्छ? यदि मन्त्र लिएको छैन तर कुनै पनि ईश्वरीय शक्तिको नामजप गरेर ध्यान गरेमा साधनामा के अन्तर पर्छ?

उत्तर यदि तपाइँले मन्त्र प्राप्त गर्नु भएको छैन भने तपाइँको समस्याको निदान वा आध्यात्मिक विकास केवल ध्यानको अवधिको दौडानमा मात्र हुन्छ अथवा प्रगति धेरै ढिलो हुन्छ । तर यदि तपाइँले गुरुदेवसँग मन्त्र प्राप्त गर्नुभएको छ तथा निरन्तर मन्त्र जप पनि गर्नु हुन्छ भने प्रगति ध्यानको समय बाहेक मन्त्र जप गर्दा पनि भइरहन्छ, प्रगतिको रफ्तार धेरै तीव्र हुनेछ । तपाइँ गुरुदेवको शक्तिसँग निरन्तर सम्पर्कमा रहनुहुनेछ । जसरी बिजुलीको स्विच देखि उपकरण सम्म तार जोडिएको हुनाले उपकरण चलिरहन्छ त्यसरी निरन्तर नाम-जपले तपाइँ भित्रको विकासलाई लगातार अगाडि बढाउँछ तथा त्यस नाम जपको कारणले त्यस शक्तिले, ध्यानको समय बाहेक पनि लगातार तपाइँसँग कार्य गरिरहन्छ यसैले हरेक दुःखको छिटै समाधान हुन्छ ।

दुनियाँको सबै धर्ममा जतिसुकै विभिन्नता भएपनि तर एउटा कुरामा सबै एकमत छन् कि यस ब्रह्माण्डको उत्पत्ति एउटा दिव्य शब्दबाट भएको हो । बाइबलले पनि भन्छ कि – सृष्टिको आरम्भमा शब्द थियो, शब्द ईश्वरसँग थियो, शब्द ईश्वर थियो । त्यो शब्द ईश्वर सँगै आरम्भ भएको थियो, हरेक वस्तु उद्वारा बनाइएको थियो र उ बिना केही पनि बनाउन सम्भव थिएन, जे पनि बनाइएको थियो त्यसमा नै जीवन थियो त्यो जीवन नै मानवको प्रकाश थियो ।

यस बारेमा श्री अरविन्दले पुस्तक ‘चेतनाको अपूर्व यात्रा’मा लेखेका छन् कि “भारत वर्षमा एउटा गुह्य विद्या विद्यमान छ जसको आधार होनाद तथा चेतना स्तरको अनुरूप स्पन्दन-विधिको भिन्न-भिन्न तरिका ।

उदाहरणको लागि : यदि हामीले ‘‌ॐ’ ध्वनिको उच्चारण गर्यौं भने तब हामीलाई स्पष्ट अनुभव हुन्छ कि त्यसले मूर्धाको केन्द्रलाई घेर्दछ । यसको विपरीत ‘रं’ ध्वनिले नाभि केन्द्रलाई स्पर्श गर्दछ । हाम्रो चेतनाको प्रत्येक केन्द्रको एउटा लोक विशेषसँग सिधा सम्बन्ध हुनाको कारणले केही ध्वनिको जप गरेर मनुष्य उसको समरूप चेतना स्तरसँग सम्बन्ध स्थापित गर्न सक्छ । एउटा सम्पूर्ण आध्यात्मिक अनुशासन यही तथ्यमा आश्रित छ । त्यो ‘तान्त्रिक’ कहलिन्छ किनकी तन्त्र नामक शास्त्रबाट त्यसको उत्पति भएको हो । यी आधारभूत वा मूल ध्वनि जसमा सम्बन्ध स्थापित गर्ने शक्ति निहित रहन्छ, त्यसलाई मन्त्र भनिन्छ । मात्र गुरुद्वारा नै शिष्यलाई उपदिष्ट यो मन्त्र, सदा गोपनीय छ । मन्त्र धेरै थरीका हुन्छन् (चेतनाको प्रत्येक स्तरको धेरै कोटी छन्) र सर्वथा विपरीत लक्ष्यको लागि यसको प्रयोग हुन सक्छ । केही विशिष्ट ध्वनिको सम्मिश्रणद्वारा मनुष्य चेतनाको निम्न स्तरमा, धेरै जसो प्राण-स्तरमा, यिनीहरू जस्तै समरूप शक्तिसँग सम्पर्क जोडेर अनेक प्रकारको बडो नै विचित्रको क्षमता प्राप्त गर्न सक्छन् – यस्ता मन्त्र छन् जुन घातक सिद्ध हुन्छन् ( पाँच मिनेट भित्र भयङ्कर वमन हुन थाल्छ) ठीक-ठीक निशाना बनाएर उनीहरूले शरीरको कुनै पनि भागमा, कुनै अङ्ग विशेषमा प्रहार गर्छन्, फेरी रोगको उपशमन गर्ने वाला, आगो लगाउने वाला, रक्षा गर्ने वाला, मोहिनी शक्ति लगाएर वशमा गर्ने वाला मन्त्र पनि हुन्छन् । यस प्रकारका जादु-टुना वा यो स्पन्द-रसायन, एकमात्र निम्न-स्पन्दको सचेतन प्रयोगको परिणाम हो । तर एउटा उच्चतम जादु जुन कि हुन्छ, स्पन्दको नै व्यवहारद्वारा सिद्ध तर चेतनाको ऊर्ध्व स्तरमा – काव्य, सङ्गीत, वेद तथा उपनिषतका आध्यात्मिक मन्त्र अथवा ती सबै मन्त्र जुन कुनै गुरुले आफ्नो शिष्यलाई चेतनाको कुनै विशेष स्तरसँग, कुनै विशेष शक्ति अथवा दिव्य सत्तासँग सिधा सम्बन्ध स्थापित गर्नको लागि सहायता गर्ने उद्देश्यले उपदेश दिएको हुन्छ । अनुभूति र सिद्धिको शक्ति स्वयम् यस ध्वनिमा नै विद्यमान रहन्छन्– यी यस्ता ध्वनि हुन्छन् जसले हामीलाई अन्तर्दृष्टि प्रदान गर्छन् । 


प्रश्न गुरुदेवले राधाकृष्णको मन्त्र दिनुहुन्छ । यस्को अर्थ हो कि म राधाकृष्णको मन्दिर जान सक्छु र पूजा पनि गर्न सक्छु?

उत्तर गुरुदेवले जब राधा-कृष्णको मन्त्र दिनुहुन्छ तब राधाको अर्थ हो स्त्री-शक्ति (फिमेल-डिभाइन) अर्थात् कुण्डलिनी शक्ति एवं कृष्णको अर्थ हो पुरुष शक्ति (मेल-डिभाइन) अर्थात् गुरुदेव स्वयम्, समग्रमा ब्रह्माण्डको पुरुष शक्ति तथा कुण्डलिनी वा मातृशक्ति । यसैले आज्ञाचक्रमा गुरुदेवको ध्यान गर्नाले अर्थात् पुरुष शक्तिको ध्यान गर्नाले कुण्डलिनी अर्थात मातृशक्ति माथि उठ्न थाल्छ ।       यसको अर्थ तपाइँले अहिले भएका राधा-कृष्णको मन्दिरलाई नलिनुहोला । केही साधकले गुरुदेव तथा बाजे गुरुदेव (गुरुदेवको गुरु)को साथै राधा-कृष्णको फोटो पनि राख्छन् वा राधा-कृष्णको मन्त्रलाई राधा-कृष्णको पूजा गर्ने रूपमा लिन्छन्। तब यस्तो गर्ने वा अन्य मन्दिरमा पूजा गर्ने वीच कुनै अन्तर रहँदैन । 


प्रश्न म जब पनि सङ्कटमा हुन्छु तब गुरुदेवको मन्त्रको नामजप गर्नाले त्यस सङ्कटबाट छुटकारा पाउँछु तर यो बुझ्न सकिरहेको छैन कि सङ्कट बारम्बार किन आउँछ?

उत्तर तपाइँको प्रश्नमा नै यस प्रश्नको उत्तर लुकेको छ । तपाइँले कहिल्यै सोच्नु भएको छ कि नाम-जपले सङ्कट गायब हुन्छ, तर सङ्कट आउँछ नै किन? यदि तपाइँले नियमित नाम-जप तथा ध्यान गर्नुभयो भने सङ्कट नै आउँदैन । तपाइँले यसलाई यस प्रकारले बुझ्न सक्नुहुन्छ कि –  तपाइँले गुरुदेवको नियमित ध्यान तथा नाम-जप गर्नुहुन्छ भने तपाइँको चारैतिर एकप्रकारको सुरक्षा घेरा बन्छ । जुन ध्यान तथा नाम-जपको साथसाथै दिनदनै बलियो हुँदै जान्छ तथा अधिकांश समस्या त्यस कवचको कारणले परिवर्तित हुन्छन् र तपाइँ पूर्ण सुरक्षित रहनुहुन्छ । तर यदि तपाइँले नाम-जप वा ध्यान रोकिदिनु हुन्छ वा अनियमित गर्नुहुन्छ भने त्यो सुरक्षा घेरा सुस्तरी कमजोर हुन थाल्छ र त्यसमा प्वाल पर्न थाल्छ जस्को कारणले तपाइँलाई सङ्कटले प्रभावित गर्न थाल्छ । फेरी तपाइँ दुखित भएर नाम-जप सुरु गर्नुहुन्छ जस्को कारणले तपाइँ त्यस सङ्कटबाट फेरी मुक्ति पाउनुहुन्छ । यदि तपाइँले नियमित जप गरिरहनु भयो भने कवच कमजोर हुँदै हुँदैन । जब कवच कमजोर हुँदैन तब सङ्कटले असर नै गर्दैन । कवचकोकार्य प्रणालीलाई तपाइँले यस प्रकारले बुझ्न सक्नुहुन्छ कि कति पटक बिमारी फैलिन्छ तर त्यही बिमारीको बीचमा रहेर पनि साधक बिरामी हुँदैनन् यदि भइहाले भने पनि साधनाको गहनताको आधारमा अतिशीघ्र ठीक हुन्छन् । यस प्रकारले यदि तपाइँ नियमित ध्यान तथा मन्त्र जप गर्नुहुन्छ भने सुरक्षा घेरा कमजोर नै हुँदैन । मन्त्र-जपको कारणले दुःख-कष्ट नै आउँदैन यदि आइहाले पनि शक्तिको घेरासँग ठोकिएर फिर्ता जान्छन् ।


प्रश्न मानवको शरीर तथा आत्माको के सम्बन्ध छ? कोश तथा चेतनामा के सम्बन्ध छ?

उत्तर हाम्रा ऋषीहरूले गहन शोध पछि यस सिद्धान्तलाई स्वीकार गरेकाछन् कि जुन ब्रह्माण्डमा छ त्यही सबै कुरा पिण्ड (शरीर) मा छ । यस प्रकार मूलाधार चक्र देखि आज्ञा चक्र सम्मको जगत मायाको र आज्ञा चक्र देखि लिएर सहस्रार सम्मको जगत परब्रह्मको हो ।

वैदिक ग्रन्थमा लेखेको छ कि मानव शरीर आत्माको घर मात्र हो ।

आत्मा सात प्रकारको कोषले ढाकिएको छ :-

  1. अन्नमय कोष:- द्रव्य, भौतिक शरीरको रूपमा जुन भोजन गर्नाले स्थिर रहन्छ, अन्नबाट बनेको
  2. प्राणमय कोष :- जीवन शक्ति, यो पाँचवटा वायुले (प्राण, अपान, व्यान, उदान र समान) बनेको हुन्छ, यस कोषद्वारा सुख-दुखादिको बोध हुन्छ । पाँच कर्मेन्द्रिय ।
  3. मनोमय कोष :- मस्तिष्क जुन स्पष्टतः बुद्धि देखि भिन्न छ । मन, अहंकार तथा कर्मेन्द्रिय यस अन्तर्गत पर्छन् । पाँच ज्ञानेन्द्रिय
  4. विज्ञानमय कोष :- बुद्धिमत्ता, ज्ञानेन्द्रिय र बुद्धिको समूह ।
  5. आनन्दमय कोष :- आनन्द वा अक्षय आनन्द जुन शरीर वा दिमागसँग सम्बन्धित हुँदैन ।
  6. चित्त्मय कोष :- आध्यात्मिक बुद्धिमत्ता ।
  7. सत्त्मय कोष :- अन्तिम अवस्था जुन अनन्तको साथमा मिल्छ ।

मनुष्यलाई आध्यात्मिक रूपमा पूर्ण विकसित हुनको लागि सातै कोषको पूर्ण विकास हुनु अति आवश्क छ ।

प्रथम चार कोष जुन मानवमा चेतन भइसकेका छन् शेष तीन आध्यात्मिक कोष जुन मानवमा चेतन हुन बाँकी छ । उपर्युक्त सात कोषको पूर्ण विकासलाई ध्यानमा राखेर महर्षी श्री अरविन्दले भविष्यवाणी गर्नु भएकोछ कि आगामी मानव जातिले दिव्य शरीर धारण गर्नेछ ।

श्री अरविन्दले आफ्नो फ्रेन्च सहयोगी शिष्याको साथमा जुन माँको नामले चिनिन्थिन, आफ्नो ध्यानको अवस्थाको दौडान यो महसुस गर्नु भयो कि अन्तिम विकास केवल तब हुन सक्छ जब लौकिक चेतना ( जसलाई उहाँले कृष्णको अधिमानसिक शक्ति भन्नु भएकोछ) पृथ्वीमा अवतरित हुन्छ ।


प्रश्न गुरुदेवको भनाइ छ कि गृहस्थ जीवनमा रहँदै भोग र मोक्ष सम्भव छ । यसको अर्थ यस ध्यानलाई गर्नाले मोक्षको साथसाथै हामीसँग भोग अर्थात् सुखसुविधा आफैआफ बढ्छ? वा हामीले प्रशस्त यश आरामको साधन पनि अपनाउनु पर्छ? के भोगको तात्पर्य यही हो?

उत्तर यहाँ भोगको अर्थ हो – तपाइँले पछिल्लो जन्ममा जानी नजानी जुन पनि राम्रो नराम्रो कर्म गर्नु भएको छ गुरुदेवले त्यो सबै कर्मको भोग यसै जन्ममा भोगाइ दिनु हुन्छ नत्र ती कर्मको भोगको लागि अगाडि थाहाछैन कति जन्म अरू लिनु पर्थ्यो । अर्थात गुरुदेवको यस साधनाले मोक्षको बाटो त खुल्छ नै तथा कर्मको भोग पनि गुरुदेवले यसै जन्ममा समाप्त गरि दिनुहुन्छ । तपाइँले भोगको तात्पर्य एश-आरामसँग लगाउनु हुँदैन तर तपाईको भौतिक प्रगति तपाइँको साधना अनुसार आफैआफ हुँदै जान्छ । यसको लागि तपाइँले केवल मनले प्रार्थना, ध्यान तथा नाम-जप गर्नु पर्छ ।


प्रश्न मैले देखेको छु कि कति मान्छेलाई गुरुदेवको यस साधनाले धेरै छिटो फाइदा हुन्छ, मलाइ यस्तो फाइदा किन हुँदैन? मैले पूजापाठ तथा अन्य कर्मकाण्ड गर्नुको साथसाथै गुरुदेवको साधना पनि पुरा मनले गरिरहेको छु । कृपया स्पष्ट उत्तर दिनुहोला ।

उत्तर तपाइँले मनन गर्नु भयो भने पाउनु हुनेछ कि जति प्रतिशत वा भाग तपाइँले गुरुदेव बाहेक अर्को पद्धति वा पूजा-पाठमा अल्झिनु भएकोछ त्यति नै भाग बराबर तपाइँको श्रद्धा बाँडिएको कारणले फाइदा सुस्तरी वा कम हुन्छ । यदि तपाइँ दुईमा बाँडिनु हुन्छ भने फाइदा पनि आधा गतिले हुन्छ । गुरुदेवले भन्नुहुन्छ कि तिमीहरूले ध्यान तथा नाम-जप बाहेक बाँकी सबै म माथि छोडी देउ, अरू केही नगर्न भन्नुहुन्छ । तब तपाइँ स्वयंले मनन गर्नुस् कि तपाइँले के गरिरहनु भएकोछ? पुराना साधकको अनुभवको आधारमा तपाइँले स्वयम् निष्कर्ष निकालनुस कि तपाइँलाई वाञ्छित परिणाम सुस्तरी तथा कम किन मिलिरहेकोछ?

एकै प्रकारका बिमारीका 3 साधकले आफ्नो अनुभव सुनाए । पहिलोले भन्यो कि म 2 वर्ष देखि गुरुदेवको नियमित ध्यान गर्दैछु र घरको मन्दिरमा पनि पूजा गर्छु । मेरो रोग 2 वर्षमा 20 प्रतिशत ठिक भएको छ ।

अर्को साधकले भन्यो कि – म 1 वर्ष देखि गुरुदेवको नियमित ध्यान गरिरहेको छु तथा कुनै खास पूजा त गर्दिन तर सबैलाई धुप बाल्छु मेरो बिमारीमा 1 वर्षमा 50 प्रतिशत ठीक भएको छ ।

तेस्रो साधकले भन्यो कि – मैले 3 महिना देखि गुरुदेवको नियमित ध्यान गरिरहेको छु तथा मेरो बिमारीमा 3 महिनामा 90 प्रतिशत आराम भएको छ । उसलाई पूजा-पाठको बारेमा सोध्दा भन्यो कि – यदि त्यसबाट फाइदा भइरहेको भए गुरुदेवको साधना गर्ने जरुरत नै के थियो? त्यसो भए त्यही सबै कर्मकाण्डमा अल्झिनु धेरै राम्रो थियो । अब त म सबै कुरा छोडेर सारा भगवान तथा पूजा-पाठ यिनै गुरुदेवमा देख्छु । सबै कुरा राम्रो-नराम्रोको चिन्ता यीनै गुरुदेवमा छोडी दिएकोछु । गुरुदेवले पूजा-पाठ बन्द गर्न भन्नु भएको छैन भने गर्न पनि भन्नु भएको छैन ।

अब तपाइँ स्वयंले निर्णय गर्नुहोस् कि उपरोक्त तीनटै साधकलाई अलग-अलग परिणाम किन मिलिरहेको छ? जसको जति श्रद्धा बाँडिएको छ त्यसै अनुसार परिणाम आइरहेको छ । तपाइँलाई तपाइँको प्रश्नको उत्तर मिल्नेछ । गुरुको प्रति जति समर्पण त्यति नै परिणाम । तपाइँले यो पनि ध्यान राख्नुहोस् कि जब कुनै कार्य गर्नु छैन भने त्यसको लागि एउटा होइन दसवटा बहाना बनाउन सकिन्छ र कार्य गर्नु छ भने केवल इच्छा नै काफी छ । यस प्रकारले कुनै पनि पुराना कर्मकाण्ड वा आडम्बरलाई निरन्तर जारी राख्नको लागि एउटा होइन बीसवटा बहाना बनाउन सकिन्छ र त्यसलाई छोड्नु छ भने केवल गुरुदेवको ध्यान तथा नाम-जपको एक मात्र इच्छा नै धेरै छ । 


प्रश्न कति गुरुभाइ वा गुरुबहिनी आपसमा विरोध गर्छन्, तब मन दुःखित हुन्छकि के गर्ने । केही भनौं भने अरूको मन दुखी हुन्छ तथा अनावश्यक तनाव बढ्छ । यस्तो स्थितिमा के गर्नु पर्छ?

उत्तर यो धेरै अनुभव तथा चिन्तनको कुरा हो, यदि विरोधी गुरु-भाइ वा गुरु-बहिनी हुन र तपाइँलाई गुरुमा भरोसा छ भने तपाइँले फर्केर कुनै पनि प्रकारको विरोध नगर्नुहोला । यदि तपाइँले धैर्य राख्नु भयो भने केही समय पछि पाउनु हुनेछ कि भएको विरोधले पनि तपाइँको कुनै बिग्रेको कामलाई बनाइ दियो नत्र त्यो काम सम्भव हुँदैन थियो । किनकी विरोधमा पनि गुरुको शक्तिले कार्य गरिरहेको छ (त्यही भएर तिनिहरू गुरु-भाइ वा गुरु-बहिनी हुन)। यसलाई यस प्रकारले पनि बुझ्न सकिन्छ – यदि कुनै व्यक्ति एक पटक गुरुदेवको शिष्य बनेमा र नियमित नाम-जप र ध्यान गरेमा, त्यस व्यक्तिले न त हुने वाला दुःखको न त हुने वाला विरोधको चिन्ता गर्नु पर्छ न त विरोधीलाई फर्केर जबाफ दिने चिन्ता गर्नु पर्छ । यदि गुरुदेवमा पुरा भरोसा छ भने हामीले कुनै पनि दुःख वा विरोधीको कुनै कुरा वा व्यवहारको भित्रबाट पनि नराम्रो मान्नु हुन्न । कति पटक हुने वाला दुःख वा हुने वाला विरोध वास्तविकतामा दुःख वा विरोध हुँदैन । यस्ता दुःख वा विरोध, शक्तिले गुरु प्रति समर्पणको परीक्षा लिनको लागि पनि गराउँछ वा यस्तो भनौं कि यस्तो स्थितिमा आफ्नो धैर्यको परीक्षा पनि भइ हाल्छ कि हाम्रो मनमा गुरु प्रति कति समर्पण छ । हामी कुन स्तर सम्म शान्त रहेर स्वयंले विरोधको ढुङ्गा नउठाएर बस्न सक्छौं किनकी विरोधीको भित्र पनि गुरुको नै शक्तिले कार्य गरिरहेको छ । यदि हामी विपरीत परिस्थितिमा पनि दुःख वा विरोधको चिन्ता नगरेर गुरु प्रति पूर्ण समर्पण राखेर आफ्नो कार्य गर्न सक्यौं भने हुने वाला दुःख तथा विरोधीलाई पनि धन्यवाद दिन मन लाग्नेछ कि उनीहरूको कारणले हामी आफैले आफूलाई गुरु प्रतिको समर्पण जाँच्ने मौका मिल्यो । यस्तो दुःख वा विरोधको प्रति निर्विकार रहन सक्नु साधनाको नै हिस्सा हो । गुरुदेवको कुनै पनि शिष्यलाई यदि गुरुदेवमा पुरा भरोसा छ भने उसले सदा यो दोहा याद राख्नु पर्छ “जो तोकूकांटाबुवे, ताहिबोवतू फूल, तोहि फूलको फूल है, बाको है तिरशूल” ।

कति पटक गुरुदेवको साधकलाई विपरीत परिस्थितिको सामना गर्नु पर्छ, तब मनले भन्छ कि विरोधको जबाफ दिउँ, विरोधको जबाफ दिएन भने यसको अर्थ हामी गलत छौं र विरोधी सही छन् । यो हाम्रो अहंकार नै हो जुन विरोधको उत्तर नदिन सक्ने स्थितिमा अपमानित महसुस गर्छ । यस अपमानको अगाडि हामीले गुरुदेवको शक्तिलाई पनि कम ठान्छौं र स्वयम् नै विरोधको ढुङ्गा उठाउँछौ । जबकी हामी सबै गुरुदेवको शक्तिको लागि यति समर्पित हुनु पर्छ कि विरोधको चिन्ता नगरेर गुरुदेवको कार्य गरिरहौं, विरोधको जबाफ दिने चिन्ता पनि गुरुदेवमा छोडी दिऔं. । तर कहिले काहीँ यति धैर्य हुँदैन र मन विरोधीलाई जबाफ दिने दिशामा लाग्छ । जुन ऊर्जा गुरुदेवको कार्यमा लगाउनु पर्थ्यो त्यो विरोधीलाई जबाफ दिनमा लाग्छ र हामी सोच्छौं कार्यमा बाधा किन आइरहेको छ ।

यदि हाम्रो समर्पण गुरुदेव प्रति पूर्णतः भयो भने आउने हरेक दुःख-कष्ट वा विरोधलाई गुरुदेवको ईश्वरीय शक्ति/सत्ताले आफैआफ सम्हाल्छ । यस कुरालाई एउटा सानो दृष्टान्तबाट बुझ्न सकिन्छ – एक पटक भगवान कृष्ण आफ्नो महलमा भोजन ग्रहण गर्दै हुनुहुन्थ्यो र पत्नी रुक्मिणीज्यू पनि सँगै हुनुहुन्थ्यो । कृष्णजीले अचानक भोजनको गाँस थालमा छोडेर ढोका तिर दौडेर जानु भयो र एक्कासि फर्केर पुनः भोजन गर्न थाल्नु भयो । रुक्मिणीजीले कारण सोध्नुभयो तब कृष्णजीले भन्नु भयो – ” बाहिर एउटा निहत्था मान्छेलाई धेरै जना मान्छे मिलेर ढुङ्गाले हिर्काउँदै थिए त्यसैले उसको रक्षा गर्नको लागि दौडेको ” । रुक्मिणीजी रनभुल्लमा थिइन् कि कृष्णजी ढोका सम्म पुगेर किन फर्किनु भयो यसैले उनले सोधिन “तपाइँ ढोका सम्म पुगेर किन फर्केर आउनुभयो? रक्षा किन गर्नुभएन?” कृष्णजीले भन्नुभयो ” जब म उसको रक्षा गर्नको लागि ढोका सम्म पुगेँ तब सम्म त्यस व्यक्तिले नै स्वयम्‌को रक्षा गर्नको लागि आफ्नो हातमा ढुङ्गा उठाइ सकेको थियो त्यसैले म फर्केर आएँ, उसलाई मेरो रक्षाको कुनै जरुरत थिएन” ।

यस दृष्टान्तबाट यो थाह हुन्छ कि यदि हामीले गुरुको शक्तिमा विश्वास गर्यौं भने हरेक सङ्कटबाट गुरुले बाहिर निकाल्नुहुन्छ तर हुन्छ उल्टो, हामीले हाम्रो बुद्धिको प्रयोग गरेर त्यस सङ्कटबाट स्वयंको प्रयासबाट बाहिर निस्किन चाहन्छौं । यस्तो गर्नाले असफल त हुन्छौं नै साथै गुरुको कृपाबाट पनि वञ्चित रहन्छौं ।


प्रश्न जामसर जाने सम्बन्धमा कुनै नियम वा निर्देश छ र?

उत्तर गुरुदेवको तर्फबाट यस बारेमा कुनै बन्धन छैन । प्राय शिष्य बाजे गुरुदेव श्री गंगाईनाथजीको वार्षिकीमा जामसर जान्छन्, त्यसो त कुनै बेला पनि जान सकिन्छ । जामसरमा अरू पनि केही मन्दिर तथा समाधि छन् तर धेरै उचित हुन्छ कि तपाइँ केवल बाजे गुरुदेव श्री गंगाईनाथजीको समाधिको मात्र दर्शन गरेर फर्किनुहोला । त्यहाँ अरू पनि कर्मकाण्डी बस्छन् तसर्थ धेरै उचित हुन्छ कि न त उनीहरूलाई भेट्नुहोला न त उनीहरूबाट कुनै कुरा ग्रहण गर्नुहोला । तपाइँ त्यहाँ गएर कुनै पनि प्रकारको कर्मकाण्डमा अल्झिनु हुँदैन । 

जानकारी :-जामसर भारतको राजस्थान प्रान्तकोबिकानेरशहर देखि 27कि.मी. उत्तर दिशामा अवस्थित एउटा सानो गाउँ हो जहाँ बाजे गुरु श्री गंगाईनाथजीको आश्रम तथा समाधी स्थल छ।

error: Content is protected !!