(ne) Guru Siyag Yoga

सबै प्रकारको क्रोध परिस्थितिलाई नियन्त्रण गर्ने प्रयासको कारणले हुन्छ र जब परिस्थिति इच्छा अनुसार घटित हुँदैन तबहामी भित्र निराशा र क्रोध उत्पन्न हुन्छ । हामी आफ्नो कुनै इच्छा पुरा गर्नको लागि यति आतिन्छौं कि त्यो इच्छा पुरा नभएमा हाम्रो स्वयम् को भित्रको ऊर्जा अग्नि बन्दछ यसैले नै हामीलाई जलाउँछ (क्रोधमा ल्याउँछ) । गुरु सियाग भन्नु हुन्छ – मृत्यु पछि शरीरलाई अग्निमा पोलिन्छ, अग्निले त्यसलाई खरानीमा परिवर्तन गरिदिन्छ तर क्रोधले व्यक्तिलाई जिउँदो नै डढाउँछ । हामी त्यस रिसमा आफ्नो विवेक गुमाउँछौं तथा रिसको झोँकमा त्यो सबै गर्छौं वा भन्छौं जुन फेरी ठीक गर्न सकिन्न,जसको कारणले कहिलेकाहीँसदाको लागि नोक्सान हुन जान्छ । यस कारणले उत्पन्न हुने रिसको कारणले जीवनमा गलत निर्णयको श्रृंखला आरम्भ हुन जान्छ ।

थेरापिस्टएवं डाक्टरले यस रिसलाई डील गर्नको लागि केही तरिकाहरू सिकाउँछन्  जस्तै- रिसलाई नियन्त्रण गर्ने बाहिरी तरिका ( जुन कि भित्रबाट रिसले भरिएको), रिसलाई दबाउने वा कुनै उपयोगी कार्यमा परिवर्तनको कोसिस गर्ने वा श्वास-प्रश्वासको अभ्यास द्वारा रिसलाई दबाउने कोसिस गर्ने, कुनै विशेष स्थितिमा रिसबाट तुरुन्त राहतको लागि निन्द्राको औषधी खाने वा दिमाग नियन्त्रण गर्ने औषधी खाने आदि । तर यी सबै तरिकाले केही सिमा सम्म तथा धेरै कम समयको लागि सहायता गर्छन् तर रिसको समस्या समाप्त हुँदैन । अर्को शब्दमा भन्नु पर्दा यी तरिकाले केही सिमा सम्म त्यस रिसलाई बाहिर निक्लनु भन्दा भित्र तिर मोडि दिन्छन् तर क्रोध स्थायी रूपले समाप्त हुँदैन ।

गुरुदेव भन्नु हुन्छ कि यसरी क्रोध कहिल्यै पनि समाप्त नहुने वाला श्रृंखला बन्दछ । तिमीले आफ्नो रिस अरू कुनै माथि निकाल्छौ र त्यो व्यक्ति पनि शान्तिले त्यस रिसलाई ग्रहण गर्ने वाला हुन्न । त्यस व्यक्तिको रिस कुनै अर्को रूपमा तपाइँ माथि वा कुनै अरू माथि निस्कन्छ । यस प्रकार क्रोध शान्त हुने कुनै अन्त्य छैन । यो यस्तो प्रकारको हो कि कसै माथि हिलो छ्यापियो भने बदलामा हिलो नै मिल्ने वाला छ । पीढी दर पीढी यही नै चली आइरहेको छ कि अब यो क्रोध घृणामा बदलि सकेको छ र कसैले यस घृणा चक्रलाई तोड्न सकिरहेको छैन । तब यस रिस र घृणाको चक्रलाई कसरी तोड्ने? यसको लागि गुरुदेव भन्नु हुन्छ कि रिसलाई पूर्ण रूपले गायब गर्न वा गाल्नको लागि ध्यानको समुद्रको आवश्यकता छ । रिसको कारण कुनै अरू माथि खोज्नु को साटो साधकले यसलाई होस पूर्वक निरीक्षण गर्नु पर्छ तब व्यक्तिले पाउँछ कि क्रोध एक प्रकारको आवेग हो जसको जरा कुनै अर्को व्यक्ति वा घटनामा छैन ।

ध्यानमा तिमी कसै माथि रिसाउँदैनौ । मात्र तिमी रिसमा हुन्छौ । तिमीले पाउनेछौ कि क्रोध एउटा यस्तो ऊर्जा हो जुन बाह्य हो र तिमीले यसलाई आफ्नो भित्र पस्ने अनुमति दिएकाछौ । जब यो तिमी भित्र पस्छ तब एक विशेष रूप लिन्छ । यो क्रोध या त कुनै अरूको तर्फ मोडिन्छ वा स्वयंलाई ग्लानिले भरिएको स्थितिमा हालिदिन्छ । ध्यानमा त्यस क्रोधको कुनै विशेषता रहँदैन जसै रिस महसुस हुन्छ साधकले त्यसलाई ध्यानमा विसर्जित गरि दिनुपर्छ । यस प्रकार जुन रिस तिमी तर्फ आएको थियो त्यसलाई ब्रह्माण्डमा फ्याँकि दिन्छ । जस्तै एउटा नदी जब समुद्रमा मिल्छ तब आफ्नो स्वरूप हराएर समुद्र बन्छ । यस प्रकार जब रिसलाई ध्यानमा विमोचन गरिन्छ तब त्यो ब्रह्माण्डमा विलीन हुन्छ । यो एक पटकको प्रयासले हुने वाला छैन । साधकलाई रिस उठ्ने बित्तिकै होस पूर्वक यो विधि अपनाउनु पर्छ । सुस्त – सुस्त रिस पुरा तरिकाले गायब हुन्छ । यदि रिस उठेको बेला ध्यान गर्न सम्भव छैन भने मन्त्रको सघन जप गर्नु पर्छ । गुरुदेव भन्नु हुन्छ कि तिमीले जसै रिसको पहिलो तरङ्ग महसुस गर्छौ तुरुन्त मन्त्र जप सुरु गरि हाल । मन्त्रको तरङ्गले त्यस रिसको तरङ्गको व्यर्थता को अनुभव आफैआफ गराउँछ । रिसको त्यो तरङ्ग तिमी भित्र पस्नु को साटो छेउबाट निस्केर जान्छ । तिमी रिसको त्यस तरङ्गबाट अप्रभावित रहने छौ ।

error: Content is protected !!