(ne) Guru Siyag Yoga

  • सजिलो तरिकाले आराम दायक स्थितिमा बस्नुहोस् । सजिलो तरिकाले तपाइँ कहीँ पनि कुनै पनि स्थितिमा बस्न सक्नु हुन्छ । पलेटी कसेर फर्शमा, कुसनमा, योग म्याटमा, कार्पेटमा वा जमिनमा कतै पनि बस्न सक्नु हुन्छ । यदि पलेटी कस्न सक्नुहुन्न भने कुर्सी वा सोफामा बस्न सक्नु हुन्छ । कोही बिरामी वा बस्न नसक्ने हुनु हुन्छ भने सुतेर पनि ध्यान गर्न सक्नु हुन्छ । शरीरलाई सजिलो स्थितिमा हलुका राखेर बस्नुहोस्, शरीरलाई कडा वा तन्काएर नबस्नुहोला । शरीर धेरै तन्काएर बसेमा ध्यान(मन)शरीरको थाकेको भागमा जान्छ, आराम दायक स्थितिमा बसेमा मन शरीर तिर जाँदैन ।
  • आँखा बन्द गर्नुहोस् र गुरुदेवसँग ध्यानको सहायताको लागि प्रार्थना गर्नुहोस् । धेरै जसो साधक अलार्म नलगाएर लगभग 15 मिनेटमा ध्यानबाट बाहिर आउँछन् । यदि सुरुमा समयको अप्ठेरो लागेमा केही दिन सम्म 15 मिनेटको लागि अलार्म लगाउन सक्नु हुन्छ ।अलार्म मधुरो स्वरमा राख्नुहोला जसले किअलार्म बज्दा ध्यानबाट सजिलै बाहिर आउन सकियोस् ।
  • गुरुदेवको फोटोलाई केही समय सम्म हेर्नुहोस् की गुरुदेवको फोटो तपाइँलाई याद रहोस् । त्यस पछि आँखा बन्दगरेर मनै मनमा गुरुदेवसँग प्रार्थना गर्नुहोस्”हे गुरुदेव मलाई 15 मिनेट ध्यानमा सहायता गर्नुहोस्”। आँखा बन्द गरेकै स्थितिमा गुरुदेवको चित्र दुबै आँखीभौँको मध्य(तेस्रो आँखा) मा सोच्नुहोस् । अर्थात तपाइँले गुरुदेवको चित्रलाई निधारमा कतै सोच्नु छ ।उदाहरणको लागि तपाइँको आफ्नो कुनै साथी वा कुनै आफन्तलाई सम्झिनु भयो भने तुरुन्त त्यस व्यक्तिको मुखाकृति तपाइँको मनमा आउँछ त्यो मुखाकृति निधारको कुनै भागमा आउँछ त्यस्तै प्रकारले गुरुदेवको चित्रलाई सम्झिनुहोस् ।
  • गुरुदेवको चित्रलाई सम्झँदै मनै मनमा 15 मिनेटको लागि गुरुदेवद्वारा दिइएको मन्त्रको जप गरिराख्नुहोस् ।आवाज ननिकालेर मनै मनमा, जिभ्रो र ओठ नहल्लाएर मानसिक जप गर्नुहोस् । मन्त्रको स्पष्ट र सहि उच्चारण मध्यम गतिले मनै मनमा गर्नुहोस् । धेरै सुस्त मन्त्र जप गरेमा मन भौँतारिने सम्भावना हुन्छ भने तीव्र गतिले जप गरेमा शब्दको उच्चारण गलत हुन सक्छ । यस प्रकारले15 मिनेट पछि तपाइँ स्वतः आफै ध्यानबाट बाहिर आउनु हुनेछ ।
  • ध्यानको समयमा तपाइँलाई केही शरीरको यौगिक अनुभव हुन सक्छन् वा मूवमेंट्स(गति) हुन सक्छन् जस्तै अगाडि पछाडि झुक्ने, टाउको अगाडि पछाडि हल्लिने, प्राणायाम हुनु, ताली बजाउनु, मुखबाट आवाज निस्कनु, आसन, मुद्रा आदि लाग्नु कुनै पनि अनुभव हुन सक्छन् । यो शरीरको आवश्यकता अनुसार आफैआफ हुन्छ । साधकले यसलाई स्वेच्छाले गर्ने वा रोक्ने इच्छा गर्नु हुन्न ।
  • कति व्यक्तिलाई कम्पन, प्रकाश वा रङ्ग देखिन्छ । यो आध्यात्मिक मार्गमा अगाडि बढ्ने सङ्केत हो।
  • यदि तपाइँलाई उपरोक्त मध्ये कुनै पनि अनुभव नभएमा यो नमान्नू होला कि तपाइँको प्रगति भइरहेको छैन हुन सक्छ कि तपाइँको विकासको लागि त्यो अनुभवको आवश्यकता नहोस् ।
  • यो ध्यान दिनमा दुई पटक बिहान र बेलुका 15-15 मिनेटको लागि गर्नु पर्छ र बाँकी समय अधिकतम नाम जप गर्नु पर्छ ।
error: Content is protected !!