(ne) Guru Siyag Yoga

प्रश्न मैले गुरु सियागसँग मन्त्र प्राप्त गरेको छु तर मेरो पतिपत्नी, छोराछोरी, बुबाआमा आदिले छैनन् । के मैले उनीहरूलाई मन्त्र भन्न सक्छु?

उत्तर अहँसक्नुहुन्न । मन्त्र प्राप्त गर्ने निम्न विधि मध्ये कुनै पनि एक विधिबाट मन्त्र दिलाउन सक्नु हुन्छ । गुरुदेवबाट दिव्य-मन्त्र प्राप्त गर्ने चारवटा तरिका छन्

  1. टि.भि.द्वारा
  2. भिडियो सिडिद्वारा
  3. भिडियोक्लिप ईमेलद्वारा (2स्टेपप्रोसेस)
  4. ब्लुटुथ वा WhatsApp द्वारा 

प्रश्न के यिनी सबै विधिमा मन्त्र गुरुदेवद्वारा दिइन्छ?

उत्तर –  हजुर हो, यिनी सबै विधिमा मन्त्र गुरुदेवद्वारा नै दिइन्छ । यो गुरुदेवको आवाज हो जुन सुन्नेहरूका लागि कार्य गर्दछ । गुरुदेवको आवाज एउटा एनलाईटेण्ड (प्रबुद्ध / जाग्रत) शरीरबाट आउँछ, यसैले सुन्नेहरूका लागि कार्य गर्छ । कुनै पनि तरिकाले मन्त्र लिनुहोस्, मन्त्र सधैँ सबैको लागि एउटै रहनेछ । लेखेर वा इशाराले कसैलाई पनि मन्त्र भन्ने प्रयास नगर्नुहोला।


प्रश्न के प्रत्येक मनुष्यको लागि मन्त्र अलगअलग छ?

उत्तर छैन, प्रत्येक मनुष्यको लागि एउटै मन्त्र हो ।


प्रश्न यदि मैले जानीबुझी यो मन्त्र कसैलाई भनिदिएँ, भने  के हुन्छ?

उत्तर जानी-बुझी गल्ती गर्ने ले सिद्धयोगको साधनाबाट लाभको आशा गर्न मिल्दैन साथै जसलाई तपाइँले मन्त्र भन्नु हुन्छ त्यसलाई पनि यस मन्त्रको लाभ हुँदैन ।


प्रश्न मन्त्रले गुरुदेवको आवाजमा मात्रै किन कार्य गर्छ? लेखेको पढ्नाले वा अरू कसैले भनेकोमा कार्य किन गर्दैन?

उत्तर गुरुदेवको आवाजएउटा एनलाईटेण्ड (प्रबुद्ध / जाग्रत) वा पूर्ण रूपबाट चेतन शरीरबाट आउँछ, यसैले प्रभावी हुन्छ । यसलाई तपाइँ एउटा उदाहरणबाट बुझ्नुहोस् – कुनै राजाको राज्यको सिमा बाहिर एउटा महात्मा आएका थिए, जसले मान्छेहरूलाई “राम” नामको दीक्षा दिन्थे । मन्त्रीले राजालाई भने कि “महाराज तपाइँले पनि त्यस महात्माबाट राम नामको मन्त्र लिनुहोस्” तब राजाले भने “राम नाम त तिमीले भनि सक्यौ अब महात्मा कहाँ  किन जाने,गएर के हुन्छ? केही समय पछिअचानक मन्त्रीले राजा तर्फ इशारा गर्दै सैनिकलाई भने “वहाँलाई गिरफ्तार गर” तर कुनै पनि सैनिक डेग चलेनन्, मन्त्रीले दसौं पटक सम्म कराएर भने “वहाँलाई गिरफ्तार गर” तर पनि कोही अगाडि बढेनन् । राजालाई धेरै रिस उठ्यो र सैनिकलाई मन्त्री तिर इशारा गर्दै भने “ यसलाई गिरफ्तार गर” सैनिकले तुरुन्त मन्त्रीलाई गिरफ्तार गरिहाले । मन्त्रीले भने –महाराजमैले “गिरफ्तार गर” भन्ने शब्द दसौं पटक भने, कराइ कराइ भने तर एउटा पनि सैनिक हल्लिएनन् तर तपाइँले एक पटक मात्र भन्नुभयो र सैनिकले तुरुन्त मलाई गिरफ्तार गरे । तपाइँले अरू अतिरिक्त शब्द भन्नु भएको छैन भने मैले पनि त्यो भन्दा कम बोलेको छैन, फेरी यस्तो अन्तर किन? राजाले भने – किनकी म समर्थ छु, म राजा हुँ । यस कारणले मैले भनेको शब्द प्रभावी छ । तब मन्त्रीले भने – महाराजा, यही त मैले भनिरहेको थिएँ कि तपाइँ भौतिक समर्थ हुनुहुन्छ तब तुरुन्त एक्शन (कार्य) भयो, यस्तै प्रकारले राज्यको सीमामा आएको महात्मा आध्यात्मिक रूपले समर्थ छन् तब उनको मुखबाट भनिएको ‘रामले’ काम गर्ने छ, मेरो मुखबाट सुनाएकोले होइन । राजालाई तुरुन्त आफ्नो गल्ती महसुस भयो । यस्तै प्रकारले गुरुदेव सियागको मुखबाट सुनिएको दिव्य मन्त्रले नै कार्य गर्छ । तपाइँले भनेको वा लेखेर दिएको मन्त्र प्रभावी हुँदैन ।


प्रश्न बिहानबेलुकाको ध्यानको अतिरिक्त बाँकी समय यस साधना पद्धतिबाट अधिकतम लाभ लिनको लागीमैले के गर्नु पर्छ? अथवा जब म ध्यान गरिरहेको हुँदैन तब मैले के गर्नु पर्छ?

उत्तर तपाइँले गुरु सियागद्वारा दिइएको मन्त्रको जप 24सै घण्टा अर्थात् धेरै भन्दा धेरै गर्नु पर्छ । जप यस बाटोमा छिटो अगाडि बढने साँचो हो । मन्त्र जप – काम गर्दा, खाँदा-पिउँदा, हिँड-डुल गर्दा, नुहाइ-धुवाइ गर्दा, सवारि चलाउँदा, फ्रेश हुँदा अर्थात् हरेक समय सदा-सर्वदा, कहीँ पनि जुनसुकै बेला गर्न सकिन्छ । जति धेरै मन्त्र जप गर्नुहुन्छ त्यति नै छिटो तपाइँको समस्याको समाधान हुन्छ । जहिले पनि कुनै समस्या आयो भने मन्त्र जप तीव्र गर्नुहोला । तपाइँले सोच्दा वा बुझ्दा सम्म समस्याको हल निस्किन ढिलो होला तर मन्त्र जपले कष्ट धेरै छिटो अन्त्य हुनेछ ।


प्रश्न मन्त्र जप कहिले सम्म गर्नु पर्छ?

उत्तर लगातार केही समय सम्म मन्त्र जपे पछि यो अजपा जप बन्छ अर्थात् मन्त्र नजप्दै आफै आफ जपिन थाल्छ । तर यो यस कुरामा निर्भर गर्छ कि तपाइँले कत्तिको लगनले जपिरहनु भएको छ, त्यति नै छिटो अजपा सुरु हुनेछ । तपाइँले अजपा सुरु हुने चिन्ता छाडेर पुरा मनले जप गर्दै गर्नुहोला।


प्रश्न जब म ध्यान गरिरहेको हुन्छु मैले दिमागमा के राख्नु पर्छ?

उत्तर केवल दुईटा चीज- गुरुदेव सियागको चित्रमा ध्यान केन्द्रित गर्ने तथा बिना जिभ्रो र ओठ हल्लाएर मन्त्रको जप गर्ने । यदि तपाइँ दीक्षित हुनुहुन्न भने गुरु सियागको चित्रको साथमा अन्य ईश्वरीय नामको जप गर्न सक्नु हुन्छ ।


प्रश्न गुरु सियागले एउटा दिव्य मन्त्र दिनु हुन्छ त्यसले कुन प्रकारले कार्य गर्छ? मन्त्रले कुन प्रकारले परिवर्तन ल्याउँछ?

उत्तर दुनियाँको सबै धर्ममा जतिसुकै विभिन्नता भएपनि तर एउटा कुरामा सबै एकमत छन् कि यस ब्रह्माण्डको उत्पत्ति एउटा दिव्य शब्दबाट भएको हो । बाइबलले पनि भन्छ कि – सृष्टिको आरम्भमा शब्द थियो, शब्द ईश्वरसँग थियो, शब्द ईश्वर थियो । त्यो शब्द ईश्वर सँगै आरम्भ भएको थियो, हरेक वस्तु उद्वारा बनाइएको थियो र उ बिना केही पनि बनाउन सम्भव थिएन, जे पनि बनाइएको थियो त्यसमा नै जीवन थियो त्यो जीवन नै मानवको प्रकाश थियो ।

यस बारेमा श्री अरविन्दले पुस्तक ‘चेतनाको अपूर्व यात्रा’मा लेखेका छन् कि “भारत वर्षमा एउटा गुह्य विद्या विद्यमान छ जसको आधार होनाद तथा चेतना स्तरको अनुरूप स्पन्दन-विधिको भिन्न-भिन्न तरिका ।

उदाहरणको लागि : यदि हामीले ‘‌ॐ’ ध्वनिको उच्चारण गर्यौं भने तब हामीलाई स्पष्ट अनुभव हुन्छ कि त्यसले मूर्धाको केन्द्रलाई घेर्दछ । यसको विपरीत ‘रं’ ध्वनिले नाभि केन्द्रलाई स्पर्श गर्दछ । हाम्रो चेतनाको प्रत्येक केन्द्रको एउटा लोक विशेषसँग सिधा सम्बन्ध हुनाको कारणले केही ध्वनिको जप गरेर मनुष्यले उसको समरूप चेतना स्तरसँग सम्बन्ध स्थापित गर्न सक्छ । एउटा सम्पूर्ण आध्यात्मिक अनुशासन यही तथ्यमा आश्रित छ । त्यो ‘तान्त्रिक’ कहलिन्छ किनकी तन्त्र नामक शास्त्रबाट त्यसको उत्पति भएको हो । यी आधारभूत वा मूल ध्वनिजसमा सम्बन्ध स्थापित गर्ने शक्ति निहित रहन्छ, त्यसलाई मन्त्र भनिन्छ । मात्र गुरुद्वारा नै शिष्यलाई उपदिष्ट यो मन्त्र, सदा गोपनीय छ । मन्त्र धेरै थरीका हुन्छन् (चेतनाको प्रत्येक स्तरको धेरै कोटी छन्) र सर्वथा विपरीत लक्ष्यको लागि यसको प्रयोग हुन सक्छ । केही विशिष्ट ध्वनिको सम्मिश्रणद्वारा मनुष्य चेतनाको निम्न स्तरमा, धेरै जसो प्राण-स्तरमा, यी जस्तै समरूप शक्तिसँग सम्पर्क जोडेर अनेक प्रकारको बडो नै विचित्रको क्षमता प्राप्त गर्न सक्छन् – यस्ता मन्त्र छन् जुन घातक सिद्ध हुन्छन् ( पाँच मिनेट भित्र भयङ्कर वमन हुन थाल्छ) ठीक-ठीक निशाना बनाएर उनीहरूले शरीरको कुनै पनि भागमा, कुनै अङ्ग विशेषमा प्रहार गर्छन्, फेरी रोगको उपशमन गर्ने वाला, आगो लगाउने वाला, रक्षा गर्ने वाला, मोहिनी शक्ति लगाएर वशमा गर्ने वाला मन्त्र पनि हुन्छन् । यस प्रकारका जादु-टुना वा यो स्पन्द-रसायन, एकमात्र निम्न-स्पन्दको सचेतन प्रयोगको परिणाम हो । तर एउटा उच्चतम जादु जुन कि हुन्छ, स्पन्दको नै व्यवहारद्वारा सिद्ध तर चेतनाको ऊर्ध्व स्तरमा – काव्य, सङ्गीत, वेद तथा उपनिषतका आध्यात्मिक मन्त्र अथवा ती सबै मन्त्र जुन कुनै गुरुले आफ्नो शिष्यलाई चेतनाको कुनै विशेष स्तरसँग, कुनै विशेष शक्ति अथवा दिव्य सत्तासँग सिधा सम्बन्ध स्थापित गर्नको लागि सहायता गर्ने उद्देश्यले उपदेश दिएको हुन्छ । अनुभूति र सिद्धिको शक्ति स्वयम् यस ध्वनिमा नै विद्यमान रहन्छन् – यी यस्ता ध्वनि हुन्छन् जसले हामीलाई अन्तर्दृष्टि प्रदान गर्छन् ।


 

error: Content is protected !!