(ne) Guru Siyag Yoga

प्रश्न ध्यानको दौडानमा कुनकुन कुरालाई ख्याल राख्नु पर्छ?

उत्तर यस विधिमा गुरुदेवको चित्रलाई आज्ञाचक्रमा सम्झेर दिइएको (भनिएको) मन्त्रको जप गर्नाले साधकको कुण्डलिनी शक्ति चेतन हुन्छ र त्यसले शरीरको आवश्यकता अनुसार यौगिक क्रिया गराउँछ । यस ध्यानको दौडानमा –

  • शरीरलाई पूर्ण रूपले खुकुलो तथा हलुको राख्ने, आँखा बन्द राख्ने, गुरुदेवको चित्रलाई आज्ञाचक्रमा सम्झिने, चित्र ध्यानमा आओस् वा न आओस् त्यसको चिन्ता नगर्ने । मनमा आउने विचारहरूको चिन्ता नलिएर मानसिक जप गर्दै रहने ।
  • कम्पन, झुक्ने, पल्टिने, रुने, हाँस्ने, उज्यालो प्रकाश वा रङ्ग देखिने वा अन्य आसन, बन्ध, मुद्रा वा प्राणायामकोस्थिति बन्न सक्छ, यस्तोमा नआत्तिने र यसलाई रोक्ने प्रयास नगर्ने । यस्तो, मातृ-शक्ति कुण्डलिनीले शारीरिक रोगहरूलाई ठीक पार्नको लागि गराउँछिन् ।
  • यौगिक क्रिया वा अनुभूति नभएमा पनि ध्यान एवं मन्त्र जपलाई बन्द नहर्नुहोला । दैनिक साँझ-बिहान ध्यान गर्नाले केही दिन पछि अनुभूति हुन प्रारम्भ हुन्छ ।
  • ध्यान गर्दाको समयमा मन्त्रको मानसिक जप गर्नुहोला तथा जब ध्यान गरिरहनु भएको हुँदैन तब पनि खाँदा-पिउँदा, नुहाई-धुवाई गर्दा, लेख्दा-पढ्दा, हिँड्दा-डुल्दा, गाडी चलाउँदा अर्थात् हरेक समय ज्यादा भन्दा ज्यादा यस मन्त्रको मानसिक जप गरिरहनु होला । दैनिक अभ्यासमा 15-15 मिनेटको ध्यान साँझ-बिहान गर्नुपर्छ ।
  • जब एक पटक कुनै व्यक्ति गुरु सियागसँग जोडिन्छ चाहे त्यसले मन्त्र दीक्षा लिएकोहोओस् वा मात्र उनको फोटोबाट ध्यानको विधिद्वारा ध्यान गरेको होओस् त्यो उनको शिष्य बन्छ । दुबै सूक्ष्म धरातलमा गुरुदेवसँग जोडिन्छन् । समय वा दूरी चाहे जति पनि अलग होओस् उनीहरूको आध्यात्मिक सम्बन्ध सूक्ष्म तथा बलियो बनी रहन्छ । यो दिव्य अनुभूति गुरु सियाग प्रति पूर्ण समर्पणद्वारा मात्र प्राप्त गर्न सकिन्छ, भेटी-पैसाद्वारा, चलाकी, छल-कपट वा देखावटद्वारा सकिन्न ।

प्रश्न जब म ध्यान गर्छु तब गुरुदेवको फोटो सम्झिन सक्दैन । यसैले म ध्यानमा चिन्तित हुन्छु र ध्यान लाग्दैन । म के गरुँ?

उत्तर जस्तो प्रकारले तपाइँ कसैको पनि बारेमा सोच्नु हुन्छ त्यस्तै प्रकारले गुरुदेवको फोटो पनि सोच्नुहोस् ।सुरु-सुरुमा गुरुदेवको फोटो हेरेर ध्यान एवं मन्त्र जप आरम्भ गर्नुहोस्, पछि फोटोको सम्झना नआए पनि चिन्ता नगर्नुहोला तर मन्त्रको जप लगातार गरि रहनुहोला । यदि मन्त्रको जप लगातार चलिरहेको छ भने कैयौँ पटक तपाइलाई ध्यानमा भूत-भविष्यको घटना वा तपाइँको समस्याको समाधान पनि देखिन सक्छ । यस कारण तपाइँले फोटोको चिन्ता नगरेर मन्त्रको जप सघनताले गर्दै गर्नुहोला । 


प्रश्न गुरु सियागको ध्यानको समयमा केके अनुभव हुन सक्छन्?

उत्तर धेरै जसो साधकले स्वतः हुने वाला यौगिक क्रिया वा शारीरिक हलचल अनुभव गर्छन् जस्तै- कम्पन, हल्लिनु, अगाडि-पछाडि झुक्नु, टाउको यताउता हल्लिनु, पेट भित्र-बाहिर हल्लिनु, हातको अनियमित गति हुनु, भुइँमा दण्डवत् सुत्नु, ताली बजाउनु, हाँस्नु, रुनु, कराउनु आदि-आदि ।

कैयौँ पटक ध्यानको दौडान यस्तो हाउभाउ बन्छन् जस्तै – ईश्वरको आराधना गरिरहनु भएको छ, कसैलाई दिव्य तेज प्रकाश देखाइ पर्छ वा सुगन्ध आउँछ अथवा ध्वनि वा नाद सुनाइ दिन्छ । यस्तो दृश्य देखाइ पर्छ जुन या त पहिल्यै नै घटेका हुन्छन् वा भविष्यमा ती घटना घटने छन् ।

ध्यानको दौडानमा धेरै जस्तो साधकलाई अत्याधिक खुसी एवं उल्लासको अनुभव हुन्छ जुन उनीहरूले यस भन्दा पहिले कहिल्यै पनि अनुभव गरेका थिएनन्। कतिपयलाई शरीरको विभिन्न भागमा कम्पन महसुस हुन्छ ।

यस योगमा ध्यानको प्रभाव भिन्न-भिन्न व्यक्तिमा भिन्नाभिन्नै हुन्छ । केही साधकलाई ध्यानमा गुरुदेव सियाग अथवा अन्य कुनै दिव्य सत्ताको तस्विर देखाइ पर्छ । साधक जसै-जसै ध्यानको बाटोमा अगाडि बढ्दै जान्छ त्यसै-त्यसै सुस्त-सुस्त खुमारी (आनन्दको एउटा अवस्था) तथा समाधि जस्तो अवस्था आउँछ । ब्रह्माण्डमा हाम्रो चारैतिर जुन सूक्ष्म शक्ति कार्यशिल हुन्छन् तिनिहरूलाई यस अवस्थामा साधकले ज्ञानेन्द्रियद्वारा अनुभव एवं महसुस गर्न आरम्भ गर्छन् । यहाँ त्यस्तो स्थिति उत्पन्न हुन थाल्छ जसलाई योगाचार्य श्री अरविन्दले ‘चेतनाको अपूर्व यात्रा’ भन्नुभएको छ ।


प्रश्न गुरु सियागसिद्धयोगको ध्यानमाअलगअलग अनुभव किन हुन्छ?

उत्तर साधकले यी यौगिक क्रियालाई न इच्छा अनुसार गर्न सक्छन् न नियन्त्रण गर्न सक्छन् । यी क्रियाहरू हरेक साधकको लागि उसको शरीरको आवश्यकता अनुसार अलग-अलग हुन्छन् । यस्तो यस कारणले हुन्छ कि यो दिव्य शक्तिजुन गुरु सियागको आध्यात्मिक शक्तिको नियन्त्रणमा कार्य गरिरहेको हुन्छ, उसले (त्यस दिव्य शक्तिले) यो राम्रो तरिकाले जान्दछ कि साधकलाई शारीरिक एवं मानसिक रोगहरूबाट छुटकारा दिलाउन तथा उसलाई आध्यात्मिक मार्गमा अगाडि बढाउनको लागि कुन चाहिँ विशेष मुद्रा / क्रिया आवश्यक छ । यस कारण सिद्धयोगमा यौगिक मुद्रा, अन्य संस्थामा जस्तो इच्छा अनुसार वाञ्छित प्रभाव ल्याउनको लागि कुनै क्रम विशेषमा व्यवस्थित विधिद्वारा गराइने यौगिक क्रिया अनुसार हुँदैन । गहिरो ध्यानले मस्तिष्क तथा शरीरको सुद्धिकरण मात्र गर्दैन चेतनाको नवीन विस्तारलाई पनि खोल्छ । साधकले यस्तो महसुस गर्न थाल्छ कि हाम्रो भौतिक अस्तित्वको बाहिर पनि, अस्तित्वको अनेक स्तर छन् यद्यपि हामीले यिनीहरूलाई महसुस गर्दैनौ तर यिनीहरू चेतनाको सूक्ष्म धरातलमा विभिन्न तरिकाले हामीसँग ठोकिन्छन् । धेरै जसो मामिलामा साधकको शरीर तथा मस्तिष्कमा सिद्धयोगको स्पष्ट तथा स्पर्श गर्ने योग्यप्रभाव देखाइ पर्छ । एउटा दीक्षित व्यक्ति जसै-जसै सिद्धयोगको मार्गमा अगाडि बढ्छ शीघ्र नै त्यसले महसुस गर्छ कि तनाव टाढा भएको छ, ध्यान केन्द्रित गर्ने शक्ति बढेको छ तथा विचार अधिक धनात्मक भएको छ । ध्यानको अवस्थामा धेरै जसो साधकलाई विभिन्न यौगिक मुद्रा तथा क्रिया स्वतः हुन्छ ।

सिद्धयोगमा मान्छेलाई समूहमा ध्यान गरेको देखेर एउटा निरीक्षण कर्ता यो देखेर छक्क पर्छ कि भाग लिएका लगभग प्रत्येक व्यक्तिको यौगिक मुद्रा भिन्न-भिन्न छन् । धेरै जसो साधक ध्यानको दौडान उमङ्ग एवं खुसी अनुभव गर्छन् जुन उनीहरूले पहिले कहिल्यै महसुस गरेका हुँदैनन् ।


प्रश्न ध्यानको समयमा केही मान्छे धेरै जोडले चिच्याउँछन्, किन?

उत्तर यसको धेरै कारण हुन सक्छ –

  • व्यक्तिको घाँटीमा समस्या हुन सक्छ ।
  • प्राणायामको एउटा प्रकार हुनसक्छ, कुण्डलिनीले जोडले चिच्याउन लगाएर शरीरको कुनै भागलाई ठीक पारिरहेको हुन्छ सक्छ।
  • कतिपय मान्छेले परिस्थिति वश आफ्नो भावनालाई दबाएर राखेका हुन्छन् जुन ध्यानको समयमा आफैआफ प्रकट हुन्छ। यिनीहरू मध्ये केही मान्छेले पछि भन्छन् कि उनीहरूलाई धेरै हल्का महसुस भइरहेको छ ।
  • केही व्यक्तिले भन्छन् कि तिनिहरूको भित्र कुनै दुष्ट शक्ति (भूत-प्रेत, आत्मा, वायु, चुडेल आदि) बसेको छ जुन गुरुदेवको सामु ध्यान गर्दाको समयमा दुख दिन्छ किनकी त्यसले यस व्यक्तिको शरीर छोड्नु पर्छ । यसलाई यस प्रकारले पनि बुझ्न सकिन्छकि – केही भाडावाल बडो शान्तिले बस्छन् तर जब उनीहरूलाई घर खाली गर्नको लागि भनिन्छ तब उनीहरूले केही न केही उपद्रो मच्चाउँछन् तथा सजिलैसँग घर खाली गर्दैनन् । यसै प्रकारले यी दुष्ट शक्तिले आरामसँग शरीरको माध्यमबाट आफ्नो इच्छा पुरा गरिरहेका हुन्छन् तर गुरुदेव वा गुरुदेवको फोटोको सामुन्ने उनीहरूले त्यो शरीर छोडेर जानु पर्ने हुन्छ त्यसैले उनीहरूले उपद्रो मच्चाउँछन् त्यस सङ्घर्ष एवं विरोधको कारणले चिच्च्याहट हुन्छ। यस कुरालाई यसरी पनि बुझ्न सकिन्छ कि कति पटक व्यक्तिले यस्तो व्यवहार गर्छ कि जुन उसले स्वयम् बुझ्न सकिरहेको हुँदैन कि उसले यस्तो किन गर्यो तथा उ त्यसका लागि पछि पछुताउँछ पनि । कति पटक अचानक क्रोधमा आएर गलत निर्णय लिन्छ फेरी भन्छ थाहाछैन मलाइ के भएको थियो? त यो कति पटक त्यस व्यक्तिमा प्रविष्ट दुष्ट शक्तिको कारणले हुन्छ ।

प्रश्न के म अरू कसैको लागि पनि ध्यान गर्न सक्छु?

उत्तर अँ, तपाइँले त्यस व्यक्तिको लागि ध्यान गर्न सक्नु हुन्छ जुन तपाइँको हृदयको नजिक छन्, जसको बारेमा तपाइँले चिन्ता लिनु हुन्छ यदि त्यो कुनै कारण वश ध्यान गर्न योग्य छैन भने, उदाहरणार्थ – एउटा बच्चा, एउटा बेहोस व्यक्ति, अरू कुनै व्यक्ति जुन कुनै कारणले ध्यान गर्न नसकिरहेकोहोओस् । यदि परिवारमा कसैले ध्यान गर्दैनन् भने पनि, तपाइँले नियमित ध्यान गर्नाले केही समय पछि ती व्यक्तिले पनि आफैआफ ध्यान गर्न आरम्भ गर्नेछन् ।


प्रश्न म मासु खान्छु र रक्सी पिउँछु, यदि म कुनै वस्तुको अम्मली छु जस्तै चुरोट, ड्रग्स, सुर्ती इत्यादि, तब के ध्यानको लागि कुनै बन्धन छ? ध्यान आरम्भ गर्नु भन्दा पहिले के मैले यिनीहरूको सेवन छोड्नु पर्छ?तब मात्रै ध्यान गर्न सक्छु?

उत्तर पर्दैन, कुण्डलिनीशक्ति जुन सिद्धयोगबाट जागृत हुन्छ त्यसलाई राम्रोसँग थाहा छ कि तपाइँको शरीरलाई के चाहिन्छ के चाहिँदैन?  यसले बिना कुनै प्रयासले (केवल इच्छा गर्नाले) तपाइँलाई त्यस वस्तुबाट टाढा गरिदिन्छ जुन तपाइँको शरीरको लागि हानिकारक छ । संक्षेपमा तपाइँले वस्तु छोड्नु पर्दैन, वस्तुले तपाइँलाई छोडेर जानेछ । जति धेरै तथा जति समर्पणले नाम-जप गर्नुहुन्छ त्यति नै चाँडो नशाबाट मुक्ति पाउनु हुन्छ ।

तपाइँ बिना चिन्ता गरेर केही पनि खान-पिउन स्वतन्त्र हुनु हुन्छ । तपाइँ केवल पुरा मनले नाम -जप र ध्यान गरि रहनुहोस् । गुरुदेवले भन्नुहुन्छ नाम र नशा एकै साथ चल्दैनन् । ईश्वरीय शक्तिले कुनै प्रकारको बन्धन लगाउँदैन । यस ध्यानमा शक्ति छ भने गलत चीजले आफैँ नै छोडेर जानेछ ।

यसलाई यस प्रकार बुझ्न सकिन्छ कि सूर्य, हावा, पानी, बादल, फल-फूल आदि प्राकृतिक चीजले कहिल्यै कुनै बन्धन लगाउँदैनन् । तपाइँले चाहे मासु खानुहोस्, रक्सी पिउनुहोस्, राम्रो-नराम्रो गर्नुहोस् फेरी पनि सूर्य, हावा, पानी, बादल, फल-फूल आदिले तपाइँलाई कुनै पनि चीजबाट वञ्चित गर्दैनन् भने, फेरी ईश्वरीय शक्तिले तपाइँ माथि बन्धन किन लगाउँछ? यसैले गुरुदेवले पनि तपाइँ माथि कुनै पनि कुराको बन्धन लगाउनु हुन्न । महिलाहरूले पनि यस ध्यानलाई महिनाको तीसै दिन गर्न सक्छन् ।


प्रश्न के ध्यानको एउटा खास वा उपयुक्त समय छ?

उत्तर छैन, ध्यान तपाइँ कुनै पनि समय जुन तपाइँलाई सुविधाजनक छ, गर्नसक्नुहुन्छ । तर पनि बिहान-बेलुकाको समय गुरुदेवद्वारा भनिएको छ ।


प्रश्न मैले ध्यान कति बेर सम्म गर्नु पर्छ?

उत्तर सुरुमाआरम्भ गर्नेहरूको लागिगुरु सियागले15 मिनेटको ध्यानको राय दिनुहुन्छ । यदि तपाइँ आराम दायक महसुस गर्नु हुन्छ भने तपाइँले सुस्त-सुस्त ध्यानको समय सिमा बढाउन सक्नुहुन्छ । जाडोको समयमा वा चिसो प्रदेशमा ध्यान 30 मिनेट सम्म गर्न सकिन्छ ।


प्रश्न एक दिनमा मैले कति पटक ध्यान गर्नु पर्छ?

उत्तर कुनै निश्चित सङ्ख्या छैन । फेरी पनि गुरुदेवले एक दिनमा कम्तीमा दुई पटक बिहान र बेलुका गर्ने राय दिनु हुन्छ । चिसो ठाउँमा ध्यान अधिक समय सम्म वा दुई पटक भन्दा बढि पनि गर्न सकिन्छ ।


प्रश्न के हामीले ध्यानमा बस्दा अलार्म लगाउनु पर्छ?

उत्तर पर्दैन, ध्यानमा बस्दा मनै मनमा 15 मिनेट वा जति समयको लागि ध्यान गर्न चाहनु हुन्छ त्यति समयको लागि गुरुदेवसँग आफ्नो शरणमा लिनको लागि प्रार्थना गर्नुहोस् । तपाइँको ध्यान स्वतः त्यति समय पछि खुल्ने छ । यदि ध्यान छिटै खुलेमा वा ढिलो सम्म लागेमा पनि चिन्ता लिनु पर्दैन ।


प्रश्न यदि कुनै कुराले अचानक मेरो ध्यान भङ्ग गर्न चाहन्छ भने के म ध्यानको मध्यमा उठ्न सक्छु?

उत्तर अँ, तपाइँ उठ्न सक्नु हुन्छ, आफ्नो कार्य समाप्त गरेर पुनः ध्यानको लागि बस्न सक्नु हुन्छ ।


प्रश्न के म खाना खाए पछि ध्यान गर्न सक्छु? खाएरपिएर गर्नाले के नोक्सान हुन्छ?

उत्तर तत्काल हुँदैन, 3-4 घण्टा बित्न दिनुहोस् अनि ध्यान गर्नुहोस् । यथा सम्भव भरी पेटमा ध्यान नगर्नुहोला । कति पटक ध्यानको समयमा यदि प्राणायाम हुन लागेमा वा शीर्षासन हुन लागेमा भरिएको पेट धेरै असुविधा जनक हुनेछ ।


प्रश्न गुरु सियागको ध्यान गर्नको लागि म कहाँ बस्न सक्छु?

उत्तर कतै पनि, त्यस्तो त तपाइँ फर्शमा (जमिनमा) बसेर ध्यान गर्नु पर्छ तर तपाइँ परिस्थिति अनुसार कुर्सी, सोफा वा ओछ्यानमा बसेर पनि ध्यान गर्न सक्नुहुन्छ । आरम्भमा हुन सक्छ भने कुनै सहारा नलिनुहोला । कति पटक ध्यानको बेलामा टाउको वा शरीर पछाडि जान चाहन्छ त यस मुवमेन्ट (हलचल)मा कुनै रोकावट आउनु हुँदैन । केही व्यक्तिको अनुभव छ कि जब तिनिहरूले सहारा लिएर ध्यान गर्थे तब टाउको भारी भएर आउथ्यो। तपाइँको शरीर चारैतिरबाट गति/हलचल (मुवमेन्ट)को लागी स्वतन्त्र हुनु पर्छ । यसैले सामूहिक ध्यानको बेलामा मान्छेहरूलाई अलग-अलग दूरीमा बस्नको लागि भनिन्छ ।


प्रश्न गुरुदेवको ध्यान गर्नको लागि कुन दिशा तिर मुख गरेर बस्नु पर्छ?

उत्तर कुनै पनि दिशा तिर जुन तपाइँको लागि सुविधाजनक छ । यस्तो कुनै बन्धन छैन । ईश्वरीय शक्ति हरेक दिशामा विद्यमान छन् ।


प्रश्न गुरुदेवको ध्यानको लागि के एकान्तमा बस्नु आवश्यक छ?

उत्तर आरम्भमा एकान्त भएमा राम्रो हो तर आवश्यक छैन ।केही समय पछि तपाइँले कहीँ पनि ध्यान गर्न सक्नु हुन्छ । आरम्भमा ध्यान गर्नेहरूको लागि, आफ्नो ध्यान गुरु सियागको फोटोमा केन्द्रित गर्न गाह्रो हुन्छ साधक जुन स्थानमा बसेर ध्यान गर्छन् त्यस स्थानमा कुनै पनि किसिमको आवाजहरू आयो वा आइरहेको छ भने ध्यान गर्ने व्यक्तिको लागि ध्यान गर्नमा बाधा व्यवधान हुन्छ । यस भन्दा पनि ज्यादा व्यवधान दिमागमा जोडले चल्ने विचारले हुन्छ । फेरी पनि साधकले धैर्य पूर्वक ध्यान गर्दै रहनु पर्छ । शीघ्र नै तपाइँले महसुस गर्नु हुनेछ कि तपाइँलाई ध्यान केन्द्रित गर्नमा तीव्रताले सफलता मिलिरहेको छ तथा बाहिरको ध्वनि र विचार ध्यानमा अब त्यति बाधक छैनन् ।


प्रश्न के म अरू व्यक्तिसँग एउटा समूहमा ध्यान गर्न सक्छु?

उत्तर सक्नु हुन्छ तर दूरी बनाएर बस्नु पर्छ किनकी यौगिक क्रिया भएमा कोही कसैबाट पनि बाधा व्यवधान नहोस् । सामूहिक ध्यानको यो फाइदा पनि छ कि ध्यान पश्चात् साधकले आफ्नो अनुभव एक अर्कालाई बाँड्न सक्छन् । कसैको पनि अनुभव अर्काको उत्साह वर्धनको लागि आवश्यक हुनसक्छ ।


 प्रश्न गुरुदेवको ध्यान गर्न योग्य हुनको लागि कति उमेर हुनु पर्छ?

उत्तर कोही पनि 5 वर्ष वा यस भन्दा माथिकाले ध्यान गर्न सक्छन् । यसको अर्थ हो बालक, युवा, अधबैँसे, वृद्ध सबैले ध्यान गर्न सक्छन् ।


प्रश्न घरमा ध्यान गर्नको लागि के मैले खास किसिमको लुगा लगाउनु पर्छ?

उत्तर पर्दैन, ध्यान गर्दा सजिलो जुनसुकै लगाउन सक्नु हुन्छ ।


 

error: Content is protected !!