(ne) Guru Siyag Yoga

  • यो जिउँदै नै मोक्ष एवं मानवको दिव्य रूपान्तरणको मार्ग हो,अर्थात् आत्मा देखि परमात्मासँग मिल्ने मार्ग भएकोले कुलत एवं चिन्ता त स्वतः हराउन लाग्छन् ।
  • यस साधनाले पतञ्जलिको अष्टाङ्ग योगको साक्षात्कार सरल एवं सजिलै तरिकाले गराउँछ ।
  • केही समयको साधना पश्चात् साधक अजपा जपको स्थितिमा आउँछ र मन्त्र जप आफै जपिन लाग्दछ ।
  • आध्यात्मिक विकासको क्रममा साधकले अनाहत नाद सुन्न लाग्दछ जसले उसलाई कुनै पनि परिस्थितिमा गृहस्थ जीवनमा रहँदै आन्तरिक शान्ति तिर लैजान्छ । नाद आउनु / सुन्नु आध्यात्मिक विकासको महत्वपूर्णकडी हो ।
  • GSY द्वारा साधकलाई अनेक सिद्धिहरू प्राप्त हुन्छन् जस्तै अन्तर्ज्ञान जसमा साधकले अनिश्चित भूत एवं भविष्यको घटनाहरू देख्न एवं सुन्न सक्दछ ।
  • केही साधकहरूलाई खेचरी मुद्रा लाग्दछ जसमा जिभ्रो पछाडि तिर तानिन्छ र एउटा रस चुहिन्छ जसलाई योगीहरूले अमृतको संज्ञा दिएका छन् । यसको कारणले कति असाध्य रोग ठीक हुन्छन् ।
  • GSY साधनाबाट वृत्ति परिवर्तन (तामसिक वृत्ति बाट सात्त्विक वृत्तिमा परिवर्तन) हुनाले व्यक्तित्वको रूपान्तरण हुन लाग्दछ ।
  • निरन्तर गहन साधनाले साधकले जिउँदै मोक्षको अवस्था प्राप्त गर्न सक्दछ ।
error: Content is protected !!