(ne) Guru Siyag Yoga

मेडिकल विज्ञानसँग तनावबाट मुक्ति पाउने उपाय निन्द्रा वा दुखाइको गोली हो । नशा गुरु सियाग योगले पनि गराउँछ तर त्यो नशा ‘नाम’को हो । मन्त्रको निरन्तर जप गर्नाले नामको नशा चढ्न थाल्दछ । जसले मानसिक रोग जस्तै भय, चिन्ता,अनिन्द्रा, आक्रोश, तनाव,डिप्रेशन,फोबिया(डर) आदिबाट स्वतः नै मुक्ति मिल्न लाग्दछ । मानसिक चिन्ता, तनाव वा आक्रोशको कारण जस्तै नोकरी, विवाह, परिवार, आर्थिक, अफिस सम्बन्धी, सन्तानसँग सम्बन्धित, अड्डा-अदालत, तन्त्र-मन्त्र आदि केही पनि हुनसक्छ । नियमित ध्यान र नाम जपले केही दिनमै तपाइँको सहायता आरम्भ गरिदिन्छ ।

ध्यानमा तपाइँको आफ्नो समस्याको हल देखिन लाग्छ जसले तपाइँको तनाव र आक्रोश घट्न सुरु हुन्छ । समस्याको हल ध्यानमा अचानक, वा कुनै व्यक्ति द्वारा, कसैको फोन द्वारा, कुनै पुस्तक द्वारा, वा कुनै पनि माध्यमबाट हुन थाल्दछ । GSYले मनोवैज्ञानिक एवं भावनात्मक असन्तुलनलाई टाढा गरेर शरीरलाई पूर्ण स्वस्थ बनाउँछ ।

error: Content is protected !!