(ne) Guru Siyag Yoga

प्रश्न –यदि म बिरामी पनि होइन नत कुनै चीजको अम्मली हुँ अर्थात् म स्वस्थ छु तब म सिद्धयोगद्वारा कसरी लाभान्वित हुन्छु?

उत्तर –तपाइँले आफ्नो आध्यात्मिक यात्रामा छिटो प्रगति गर्नु हुनेछ, जसको लक्षण भौतिक जीवनमा तपाइँलाई देखा पर्न थाल्नेछ । गुरुदेवले मानवताको जुन रूपान्तरणको कुरा गर्नुहुन्छ त्यो घटित हुन थाल्छ । जसले मानवको विकासलाई उसको उच्चतम विन्दु सम्म लिएर जान्छ । गुरुदेवले जीवित हुँदै जुन मोक्षलाई पाउने कुरा गर्नुहुन्छ, त्यस मार्गमा तीव्र प्रगति महसुस हुन थाल्नेछ ।


 प्रश्न – गुरु सियागको सिद्धयोगमा मलाइ कसरी थाहाहुन्छ कि मेरो कुण्डलिनी जागृत भइसकेको छ?

उत्तर –यो तपाइँले स्वयम् महसुस गर्न थाल्नुहुन्छ ।स्वतः हुने यौगिक क्रिया, दृश्य देखिनु, बिमारी ठीक हुनु, व्यक्तित्वमा धनात्मक परिवर्तन इत्यादि केही लक्षण हुन जसबाट थाहा हुन्छ कि कुण्डलिनी जागिसकेको छ। जे होओस् कुण्डलिनी जाग्ने चिन्ता पनि गुरुदेवमा छोडी दिनुहोस् । तपाइँ गुरुदेवको ध्यान गर्नुहुन्छतर तपाइँ माथि कृपा नहोस्? यो कसरी सम्भव छ?यो यस्तो कुरा भयो कि दालमा नुन हालौं र नुनको स्वाद नआओस् ।


 प्रश्न – सिद्धयोग गर्नको लागि रहन-सहनको कस्तो तरिका वा दिनचर्या अपनाउनु पर्छ?

उत्तर –तपाइँले आफ्नो वर्तमानमा रहिरहेको तरिका वा दिनचर्यामा कुनै परिवर्तन गर्नु पर्दैन तथा न त कुनै नयाँ तरिका अपनाउनु पर्छ । जुन कुरा तपाइँले ध्यान आरम्भ गर्नु भन्दा पहिले गरिरहनु भएको थियो त्यसैलाई जारी राख्नुहोस् ।


 प्रश्न – यस योगमा के मैले कुनै प्रकारको कसरत गर्नु पर्छ?

उत्तर –पर्दैन, तपाइँले कुनै प्रकारको कसरत गर्नु पर्दैन । त्यो क्रिया जुन तपाइँको शरीरलाई आवश्यक छ, त्यो ध्यानको दौडान कुण्डलिनी जागरणद्वारा स्वतः हुन्छ ।


 प्रश्न – गुरु सियाग योग (जी.एस.वाई.) को लागी के योगको कुनै पूर्व ज्ञान वा वेदको जानकारी आवश्यक छ?

उत्तर –छैन, आवश्यकता छ त केवल इच्छा शक्तिको । जस्तै सूर्य, बादल, हावा, पानी आदिले अनपढ तथा वैज्ञानिक दुबैलाई समान लाभ दिन्छ, कुनै पनि प्रकारको भेदभाव गर्दैन, त्यस्तै प्रकारले गुरु सियाग सिद्धयोगले पनि कुनै प्रकारको पूर्व सर्त राख्दैन ।


 प्रश्न – के मैले कसैलाई गुरु सियाग सिद्धयोगको सिफारिस गर्न सक्छु? के यो कपिराइट (प्रतिलिपि अधिकार) छ?

उत्तर –कुनै कपिराइट छैन, तपाइँले कसैलाई पनि गुरु सियागको बारेमा भन्न सक्नुहुन्छ । यस ज्ञानको बारेमा तपाइँले जति धेरै मान्छेलाई भन्नुहुन्छ त्यति नै राम्रो हो । गुरुदेवको प्रचार गर्नको लागि तपाइँले कसैसँग आज्ञा लिनु पर्ने जरुरत छैन । तपाइँले सारा संसारमा आफ्नो खर्च र व्यवस्थाको आधारमा कहीँ पनि प्रचार-प्रसार गर्न स्वतन्त्र हुनुहुन्छ । गुरुदेवले यो ज्ञान निःशुल्क बाँड्नु हुन्छ, तपाइँले पनि यसलाई निःशुल्क नै बाँड्नु पर्छ ।


 प्रश्न – दीक्षा कार्यक्रम कुन भाषामा सम्पन्न हुन्छ?

उत्तर –दीक्षा कार्यक्रम पूर्ण रूपमा हिन्दी भाषामा हुन्छ तर पनि विदेशी नागरिकको लागि जसलाई अनुवादको आवश्यकता छ, व्यवस्था गरिन्छ ।


प्रश्न – मैले गुरुदेवको यस कृपाको बदलामा के गर्न सक्छु? वा मैले यस मिशनमा कसरी योगदान दिन सक्छु?

उत्तर –यो पूर्णतः तपाइँको श्रद्धामा निर्भर छ । गुरुदेवको यस मिशनमा योगदान दिने धेरै तरिका छन् । गुरुदेवले भन्नुहुन्छ कि नियमित ध्यान तथा नाम-जप गर र आफ्नो अनुभव अरूलाई भन । यस ज्ञानलाई धेरै भन्दा धेरै मान्छेलाई देश-विदेशमा भन्ने प्रयास तथा इच्छा राख्नुहोस् ।

तपाइँले श्रद्धा अनुसार :-

  • चिने-जानेका आफ्ना इष्ट मित्र, भेटेका वा भेटिएका साथी-भाइ वा कुनै व्यक्तिसँग गुरुदेव तथा ध्यानको बारेमा चर्चा गर्न सक्नुहुन्छ।
  • पम्पलेट छपाएर आफ्नो क्षेत्रमा बाँड्न सक्नुहुन्छ ।
  • अफिस, पसल, वा व्यापारिक सम्पर्कमा आउने व्यक्तिलाई गुरुदेवको बारेमा भन्न सक्नुहुन्छ ।
  • पत्रिकामा पम्पलेट राख्न लगाएर बाँड्न सक्नुहुन्छ ।
  • बिहान बेलुका वा बिदाको दिनमा पार्क, मन्दिर वा सार्वजनिक स्थानमा गएर प्रचार-प्रसार गर्न सक्नुहुन्छ ।
  • स्कूल, कलेज आदिमा, सम्बन्धित निकायबाट अनुमति लिएर प्रचार-प्रसार गर्न सक्नुहुन्छ ।
  • कल-कारखाना आदिमा,सम्बन्धित निकायबाट अनुमति लिएर सिद्धयोगको कार्यक्रम गर्नु सक्नुहुन्छ ।
  • विभिन्न संस्थाको नोटिस बोर्डमा गुरुदेवको पम्पलेट लगाउन सक्नुहुन्छ ।
  • चिनजानको आधारमा पत्रिका, टि.भी. वा अन्य मिडियामा गुरुदेवको बारेमा समाचार निकाल्न सक्नुहुन्छ ।
  • लोकल केबलसँग सम्पर्क गरेर स्ट्रिप देखाउन सकिन्छ ।
  • लोकल केबलमा बिहीवारको दिनमा सि.डि. देखाउन सकिन्छ ।
  • तपाइँ बसेको स्थानमा के-कसरी, जे-जसरी, जुन कुरा-काम तपाइँले गर्न सक्नुहुन्छ ती सबै तरिकाले तपाइँले गुरुदेवको यस मिशन गुरु सियाग सिद्धयोगलाई जन-मानसमा मानव मात्रको कल्यानार्थ जसरी सक्नुहुन्छ त्यसै गरि प्रचार-प्रसार गर्न तपाइँ स्वतन्त्र हुनुहुन्छ ।

प्रश्न – मैले केही वर्ष देखि गुरु सियागको नियमित ध्यान तथा नाम-जप गरिरहेको छु, फेरि पनि वाञ्छित परिणाम आइरहेको छैन, दुःख- कष्ट कम भइरहेको छैन । बुझ्न सकिरहेको छैन गल्ती कहाँ भइरहेको छ? जबकी मैलै गुरुदेवको साधनाको बाहेक केही पनि मान्दिन ।

उत्तर –जस्तै – दूधमा चिनी हाल्दै जाऊँ तर पनि दूध गुलियो भएन भने, यो कसरी सम्भव छ? यसको मतलब हो चिनी, जसलाई हामी चिनी भनिरहेको छौं त्यो चिनी नै होइन। यस्तै प्रकारले के हामीले यो सोच्छौं वा भन्न चाहन्छौं कियो ध्यान तथा नाम-जप सही छैन वा हामीले मनबाट गर्छौं तर परिणाम आउँदैन । सत्यता त यो हो कि तपाइँको भौतिक जीवनमा हुने फाइदा यति सहज रूपमा हुन्छ कि तपाइँलाई अन्दाज नै हुँदैन कि गुरुदेवको शक्तिले कति सहज रूपमा कार्य गरिरहेको छ । बिरुवा वा बच्चा कति छिटो बढ्छन् थाहै हुँदैन तर हरेक पल ठूला भइरहेका हुन्छन् । यस्तै प्रकारले हरेक ध्यान तथा नाम-जपबाट आउने परिवर्तन तपाइँलाई थाहा हुँदैन ।

कुनै अर्को कारण पनि हुन सक्छ जसलाई तपाइँले स्वयम् खोज्नु पर्ने हुन्छ । यसलाई तपाइँले एउटा उदाहरणबाट बुझ्न सक्नु हुन्छ – दुईवटा व्यक्तिले एक साँझ डुङ्गाबाट कुनै अर्को ठाउँ जाने योजना बनाए । लिएर जाने सामानको तयारीको साथ उनीहरूले खाँबोमा बाँधेको डुङ्गाको डोरी खोलेर बहना चलाउन थाले र रातिभरि चलाए । बिहान भएपछि उज्यालोमा हेर्दा डुङ्गा त जहाँ को त्यहीँ छ जबकी डोरी सबै खोलेका थिए ।कारण खोज्दा पत्ता लाग्यो किडुङ्गाको पिँधमा बाँधेको एउटा सिक्री खोल्न भुलेका रहेछन्, रातभरि मेहनत गरे पनि परिणाम मिलेन ।

यसरी जब साधकले भन्छन् कि हामीले गुरुदेवको ध्यान तथा नाम-जप बाहेक केही गर्दैनौं फेरी पनि कुनै फाइदा भइरहेको छैन तब हामीले स्वयम् मनन गरेर आफ्नो भित्र बाँधिएको त्यो सिक्री खोज्नु छ कि हामी भित्रबाट कुनै पुरानो परिपाटी वा आडम्बर वा कर्मकाण्डसँग बाँधिएका होऔं र अगाडि बढ्न नसकिरहेको होऔं । बाहिरबाट आडम्बर वा कर्मकाण्डबाट मुक्ति पाएको देखावट र भित्रबाट आडम्बर वा कर्मकाण्डबाट मुक्ति पाउनुमा धेरै अन्तर छ ।

यो बाहेक त्यो सिक्री अनेक रूपमा धेरै सूक्ष्म रूपमा तपाइँलाई बाँधि राखेको हुनसक्छ । जस्तै तपाइँले योगको अर्को विधि पनि अपनाई रहनुभएकोहोला, गुरु सियागको साथ साथै अन्य गुरु पनि बनाउनु भएको होला, तपाइँ कुनै तान्त्रिक, जोगी वा पण्डित कहाँ उपचारको लागि जानुहुन्छ होला, अर्को गुरुको मन्त्र वा कुनै पनि अन्य पूजा पनि गरिरहनु भएको होला, कुनै धागो, जन्तर, रक्षासूत्र, रत्न लगाउनु भएको होला, कुनै व्रत, उपवास, पाठ गर्नुहुन्छ होला, गुरुदेवको प्रसाद बाहेक हरेक प्रकारको हरेक ठाउँको प्रसाद ग्रहण गर्नुहुन्छ होला । यो तपाइँले खोज्ने हो कि गुरुदेव प्रति समर्पणमा कमी कहाँ छ? तपाइँ स्वयम्‌ले परीक्षण गर्नुहोस् कि तपाइँले के गरिरहनु भएको छ । वाञ्छित परिणाम अवश्य पाउनुहुने छ ।


 प्रश्न – मेरो मित्रले नियमित रूपमा गुरुदेवको ध्यान गर्छ, उस माथि कसैले केही तन्त्र-मन्त्र गरि दिएका छन् जसले उसलाई सताइरहेको छ । ध्यान तथा नाम-जप बाहेक उसले अरू कुन कुरामा ध्यान राखेमा उसले त्यो दुःखबाट छिटो भन्दा छिटो मुक्ति पाउन सक्छ?

उत्तर –तपाइँले एउटा कुरामाध्यान राख्नुस् कि जुन दिन देखि तपाइँले गुरुदेवको ध्यान एवं नाम-जप आरम्भ गर्नुहुन्छ त्यसै दिन देखि तपाइँलाई कसैको पनि तान्त्रिक क्रियाले दुःख दिन सक्दैन । कसैले केही गरेपनि तपाइँलाई असर गर्ने छैन । कुनै वायु छ भने पनि छोडेर जान्छ । भूत-प्रेतको असर पनि हुँदैन । यदि तपाइँ तिनीहरूबाट पीडित हुनुहुन्छ भने यति अवश्य ध्यान राख्नुहोला कि :-

  • शरीरमा कुनै जन्तर, धागो, रक्षा बन्धन, रत्न आदि छ भने त्यसलाई शरीरबाट हटाइदिनुहोला ।
  • कुनै पनि पण्डित, ज्योतिषी, तान्त्रिक, जोगी, व्रत, उपवास आदिको चक्करमा नपर्नुहोला ।
  • घरमा कसैले दिएको भस्म, विभूति वा अन्य केही छ भने त्यसलाई हटाइदिनुहोला ।
  • पीडित व्यक्तिको सामुन्ने गुरुदेवको फोटो राखिदिनुहोला ।
  • बाहिरी वा अनजान व्यक्तिसँग कुनै पनि प्रकारको प्रसाद ग्रहण नगर्नुहोला । खाने-पिउने वस्तुको माध्यमबाट बाहिरी शक्तिद्वारा नोक्सान पुर्याउने सम्भावना धेरै हुन्छ ।

प्रश्न – म ध्यान गर्न बस्छु तर मलाइ लाग्छ कि मेरो ध्यान लागिरहेको छैन, कुनै हलचल पनि हुँदैन तब के मेरो साधना सही चलिरहेको छैन? वा मैले कुनै गल्ती गरिरहेको छु?

उत्तर –यदि तपाइँले नियमित ध्यान एवं नाम-जप गर्नुहुन्छ भने तपाइँले ध्यान लाग्ने वा नलाग्ने बारेमा  चिन्ता गर्नु पर्दैन । केवल शारीरिक हलचल (यौगिक क्रिया) हुनु नै ध्यान लाग्नु को निशानी होइन । यौगिक क्रिया शरीरको आवश्यकता अनुसार हुन्छ । भौतिक जीवनमा देखिने लाभ पनि ध्यान र नाम-जपको परिणाम हो । कति साधकले सोच्छन् कि उनीहरूलाई कुनै यौगिक क्रिया भइरहेको छैन, त के ध्यान लागिरहेको छैन? गुरुदेवले भन्नुहुन्छ कि केवल यौगिक क्रिया हुनु नै ध्यान लाग्नुको सङ्केत होइन । यदि तपाइँले नियमित ध्यान तथा मन्त्र जप गरिरहनु भएको छ भने यो नै धेरै हो ।बाँकी मातृशक्तिको हातमा छोडिदिनुस् । गुरु सियाग सिद्धयोगको साधकले जब केही समय सम्म नियमित रूपले ध्यान गर्छ तब उसले प्रत्यक्ष धनात्मक परिवर्तन पाउँछ । लामो समय सम्म चल्ने कष्ट तथा बिमारीको प्रभाव सुस्त-सुस्त कम हुन आरम्भ भइ हाल्छ र स्थिति यहाँ सम्म आउँछ कि उसले यो अनुभव गर्न थाल्छ कि जुन दुःख तथा कष्टले वर्षौं देखि सताइ रहेको थियो त्यसबाट उ पूर्ण रूपले मुक्त भएको छ । यस्तै प्रकारले जुन व्यक्ति नशा वा रक्सीको अम्मली छन् अथवा विभिन्न प्रकारको मानसिक समस्या जस्तै स्किजोफ्रेनिया, भय, तनाव, अनिद्रा आदिबाट पीडित छन्, भने मुक्त हुन्छन् । जो स्वस्थ छन् उनीहरू आध्यात्मिक मार्गमा तीव्रताको साथ प्रगति गर्छन् र आफ्नो बारेमा सत्यताको ज्ञान हुन्छ कि उनीहरू पृथ्वीमा हुनुको उद्देश्य केहो? तथा ईश्वरको प्रत्यक्ष अनुभूति कसरी गर्न सकिन्छ?गुरु सियाग प्रति पूर्ण निष्ठा एवं समर्पण, सिद्धयोगबाट वाञ्छित परिणाम प्राप्त गर्ने साँचो हो ।


प्रश्न – सबै कुरा राम्रो हुँदा हुँदै पनि मन अचानक विचलित हुन लाग्छ वा दिक्दारीले घेर्छ? यस्तो किन हुन्छ?

उत्तर –जब ध्यान तथा नाम-जपबाट साधना अगाडि बढ्छ तब चेतनाको स्तर बढ्न थाल्छ । आत्माको स्वरूप चिनिन थाल्छ । आफ्नो यस जन्मको लक्ष्य बुझ्न थालिन्छ । दुनियाँको भौतिकताबाट मन विरक्त हुन थाल्छ, यसैले कति पटक केही पनि राम्रो लाग्दैन तर वरिपरिको वातावरणले फेरी त्यही भौतिकतामा लैजान चाहन्छ ।जुन मित्र वा पारिवारिक सदस्य ध्यान तथा नाम-जप गरिरहेका हुँदैनन् उनीहरूले फेरी भौतिकतामा तान्ने प्रयास गर्छन् । के गर्ने के नगर्नेबीच मानसिक द्वन्द्व चल्न थाल्छ । यस्तो समयमा विचलित हुनु हुँदैन र ध्यान तथा नाम-जपलाई तीव्र गरि दिनुपर्छ । कसैसँग पनि गुरु चर्चाआरम्भ गरि दिनुपर्छवा कुनै नयाँ व्यक्तिलाई गुरुदेवको दर्शनको बारेमा भन्नु पर्छ । केही समय पछि आफैआफ सबै सामान्य हुनेछ ।

यस्तो, साधनाको आरम्भमा कैयौँ पटक हुन्छ फेरी यस्तो विचलन हुने आवृत्ति सुस्त-सुस्त घट्दै जान्छ । यस्तो स्थिति लगभग हरेक साधकलाई कहिले न कहिले आउँछ तर कत्तिपनि चिन्ता नलिनुहोला । गुरुदेवको कृपाले यस्तो स्थितिबाट बाहिर निक्ले पछि हरेक पटक तपाइँ नयाँ चेतनाको स्तर तर्फ अगाडि बढ्नुहुनेछ ।

तपाइँले एउटा कुरा ध्यान राख्नुस् कि यदि तपाइँ कुनै चिन्ताको कारणले दुखी हुनुहुन्छ भने त्यस बेलातपाइँले मन लगाएर नाम-जप गर्नुहोला, किनकी कुनै पनि दुःख वा चिन्ताको बारेमा सोचेर त्यो कष्ट कम हुँदैन तर नियमित नाम-जप गर्नाले या त दुःख आउँदै आउँदैन या आउने दुःख आउन कम हुन्छ।


प्रश्न – जहिलेबाट ध्यान सुरु गरेँ यस्तो लाग्छ कि दुःख-कष्ट बढ्न लागेको छ । कहिले काहीँ यस्तो पनि लाग्छ कि अचानक बिना कारण नोक्सान भइरहेको छ । यस्तो किन?

उत्तर –सबभन्दा पहिलो कुरा त हुनसक्छ कि गुरुदेवले तपाइँको धैर्यको परीक्षा लिइरहनु भएको होला कि तपाइँ कुन स्तर सम्म गुरुदेवमा भरोसा राख्दै कुनै सिकायत गर्नुहुन्न ।

अर्को कुरा, दुःख बढ्ने त प्रश्नै उठ्दैन, तपाइँलाई खालि यस्तो लाग्छ । यसको पहिलो कारण हुनसक्छ कि तपाइँले पुरा मनले ध्यान वा सघन नाम-जप गर्न न सकिरहनु भएको होला यसैले दुःख-कष्ट घटेको प्रतीत हुँदैन ।

तेस्रो कारण, गुरुदेवले भन्नुहुन्छ –  जे पनि हुन्छ यसै जन्ममा हुन्छ, यसै जन्ममा जिउँदै मोक्ष हुनेछ अर्थात् पछिल्लो जन्मको पाप-पुण्यको हिसाब यसै जन्ममा हुनेछ । तपाइँले अर्को जन्म लिनु पर्ने छैन । गुरुदेवले जब तपाइँलाई आफ्नो शरणमा लिनु हुन्छ तब तपाइद्वारा पछिल्लो जन्ममा जानी नजानी गरिएका गलत कर्मको सजाय पनि आंशिक रूपमा (जस्तै – पछिल्लो जन्मको 100 गल्तीको सजाय, यस जन्ममा 5 गल्तीको सजाय बराबर) यसै जन्ममा काटी दिनुहुन्छ । गल्ती गर्नु भएको छ भने सजाय त भोग्नु पर्छ तर गुरुदेवको कृपाले पछिल्लो जन्मको ठूलो गल्तीको सजाय यस जन्ममा सानो रूपमा भोगाएर तपाइँलाई मुक्ति तिर लिएर जान्छ । जस्तै – मान्नुहोस् कि पछिल्लो जन्ममा कुनै यस्तो गल्ती गरिएको थियो जसको सजायको रूपमा यस जन्ममा हात भाँचिनु लेखिएको थियो । कुनै दिन अचानक कुनै चीजसँग ठोकिएर कुइनामा चोट लाग्यो । अब तपाइँले सोच्नुहुन्छ कि अचानक यस्तोकिन भयो मैले त गुरुदेवको नियमित ध्यान तथा नाम-जप गर्छु, कुनै गलत पनि गर्दैन, फेरी यस्तो किन? तर गुरुदेवको कृपाले ठूलो गल्तीको सजाय सानो (हात भाँचिने ठाउँमा सानो चोट मात्र) मिल्यो तर भोग्नु त पर्छ ।

यसलाई तपाइँ एउटा उदाहरणबाट बुझ्न सक्नुहुन्छ कि यस जन्ममा यथा सम्भव राम्रो गर्दा गर्दै पनि दुःख-कष्ट वा सजाय किनपाएको प्रतीत हुन्छ?मानौं कि कुनै व्यक्तिले चरालाई मार्नको लागि तीर चलायो तर तीर छोडे पछि उसलाई कुनै कारणले आत्मज्ञान भयो र उसले दुनियाँलाई भन्न लाग्यो कि जीव हत्या गलत कार्य हो । मान्छेले उसको कुरा सुन्नेछन् तर जब केही बेर पछि त्यस व्यक्तिले छोडेको तीरले त्यो चरा मर्ने छ तब ती नै मान्छेले भन्नेछन् कि,एकातिर त तपाइँ ज्ञानको कुरा गरिरहनु भएको छ र यो तपाइद्वारा छोडिएको तीरले चरालाई मार्‍यो,तब त्योव्यक्तिले भन्नेछ कि त्यो तीर त मैले आत्मज्ञान हुनु भन्दा पहिले चलाएको थिएँ । यो गलत कार्य पूर्वमा अनजानमा गरिएको थियो ।

यस्तै प्रकारले हामी सबैले पनि पूर्व जन्ममा वा यस जन्ममा गुरुदेवसँग भेट्नु भन्दा पहिले जानी नजानी थुप्रै गलत कार्य गर्दै आएका छौं तर यस जन्ममा गुरुदेवको कृपाले आत्मज्ञान भएपछि पनि पहिले गरिएका गलत कार्यको सजाय आंशिक रूपमा त भोग्नु पर्छ । यसैले गल्तीको सजाय त मिल्छ तर गुरुदेवको कृपाले धेरै थोरै मिल्नेछ । नियमित ध्यान तथा नाम-जप गर्दा गर्दै पनि दुःख-कष्ट आइरहेका छन् भने पनि तपाइँ कत्ति पनि न आत्तिनु होला । बुझ्नुहोस् कि गुरुदेवले तपाइँलाई पूर्ण रूपले शरणमा लिनुभएको छ । जब तपाइँ गुरुदेवले भनेको मार्गमा हिँड्न थाल्नुहुन्छ तब नकारात्मक वृत्तिले तपाइँलाई सताउन थाल्नेछन् र साधनाको मार्गमाविचलित गर्न खोज्नेछन्,त्यसैले तपाइँले सोच्नु हुन्छ कि यस मार्गमा हिँड्नाले दुःख-कष्ट आइरहेको छ ।


प्रश्न – कति पटक बोलेको कुरा सत्य हुन्छ, अर्काको विचार बुझ्न थालिन्छ तर केही समय पछि सबै हराएको जस्तो लाग्छ, किन?

उत्तर –यस्तो, अलग-अलग चक्र चेतन हुनाले तथा उनीहरूसँग जोडिएका शक्ति चेतन हुनुका कारणले हुन्छ। तपाइँ यसमा अल्झिनु हुँदैन । हरेक चक्र चेतन हुनुको साथै तथा अगाडि बढ्नुको साथै सिद्धि आउने र जाने भइरहन्छ । तपाइँले कुनै चिन्ता नलिएर केवल नाम-जप र ध्यान गरि रहनुहोस् । यदि तपाइँले त्यो सिद्धिलाई अरूबाट प्रशंसा पाउनको लागि प्रचार गर्नुहुन्छ भने, यसले तपाइँको अगाडिको विकास अवरुद्ध गर्नेछ ।

मान्नुहोस् कि तपाइँ कुनै एउटा दौडमा भाग लिइरहनु भएको छ, दौडने क्रममा बाटोमा चाँदीको टुकडा देख्नु भयो भने त्यसलाई कुल्चेर अगाडि बढ्नुस् यदि लोभमा आउनुभयो भने अगाडिको यात्रा रोकिनेछ । अगाडि सुनको टुकडा भेटिनेछ, त्यो भन्दा अगाडि हिरा भेटिनेछ त्यसलाई पनि लोभ नगरेर अगाडि बढनुस्, अझै अगाडि हिराकोखानी नै भेटिनेछ । यसै प्रकारले गुरुदेवको ध्यानको यस मार्गमा तपाइँलाई चाँदी, सुन, हिराको रूपमा हरेक चक्रसँग सम्बन्धित सिद्धिहरू मिल्नेछ । अगाडि तपाइँलाई यति मिल्नेछ कि तपाइँले कल्पना पनि गर्न सक्नुहुन्न । तपाइँ त्यसमा अल्झिनु हुँदैन, यदि तपाइँले त्यसको दुरुपयोग गर्नु भयो वा आफ्नो शक्ति देखाउन सुरु गर्नु भयो भने अगाडिको आध्यात्मिक यात्रा तपाइँको लोभको कारणले रोकिन थाल्छ ।


प्रश्न – ध्यानबाट त परिवारमा शान्ति आउनु पर्छ । पुरै परिवारले ध्यान गर्दा पनि पारिवारिक क्लेश बढेको जस्तो लाग्छ, किन?

उत्तर –यदि सबै परिवारले ध्यान गरिरहेका छन् भने क्लेश भएपनि चिन्ता नलिनुहोला। यस्तो कैयौँ पटक चेतनामा अन्तर हुनाको कारणले हुन्छ । वर्तमानमा हामी एउटै परिवारको सदस्य भएपनि पूर्व जन्मको यात्रा सबैको अलग-अलग छ, यसैले यस जन्ममा साधना पछि चेतनाको अलग स्तरलाई लगभग एउटै स्तरमा आउन समय लाग्छ । यसैले वैचारिक भिन्नता स्वाभाविक छ तसर्थ एक अर्कालाई गलत देखाउने वा जबरजस्ती सम्झाउने कोसिस नगर्नुहोला । तपाइँले केवल धैर्य पूर्वक ध्यान तथा नाम-जप गरि रहनुहोला ।परिस्थितिलाई स्वयंले नियन्त्रण गर्ने कोसिस नगरेर गुरुदेव माथि छोडी दिनुहोस् ।

गुरुदेवसँग दीक्षा लिएपछि तपाइँको दोस्रो जन्म हुन्छ । जब सम्म गुरुदेवसँग भेट भएको थिएन तब सम्म अज्ञानतालेवा संस्कारले परिस्थितिलाई स्वयंले नियन्त्रण गर्ने कोसिस गर्नु, ठीकै छ , बुझ्न सकिन्छ तर गुरुदेवसँग दीक्षा लिए पछि केवल ध्यान, नाम-जप तथा प्रार्थनामा भरोसा राख्नु पर्छ । जब जन्म तथा मृत्यु तपाइँको नियन्त्रणमा छैन भने तब बीचको जीवन कालको परिस्थितिको नियन्त्रण पनि गुरुदेव माथि छोडी दिनुपर्छ । जब तपाइँले परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्ने कोसिस बन्द गर्नुहुन्छ तब महसुस गर्नुहुनेछ कि गुरुदेवको शक्तिले हरेक पल तपाइँलाई मद्दत गरिरहेको छ ।


प्रश्न – परिवारका केही सदस्य यस ध्यान पद्धतिको विरुद्ध छन्, के गरौं?

उत्तर –तपाइँले वहाँहरूलाई एक पटक सम्झाउनुहोस् त्यस पछि बारम्बार सम्झाउने प्रयास नगर्नुहोला । तपाइँ स्वयम् पूर्ण मनले ध्यान तथा नाम-जप गरि रहनुहोला । केही समय पछि तपाइँ भित्र भएको परिवर्तन एवं फाइदा देखेर उनीहरूले स्वयम् ध्यान गर्न सुरु गर्नेछन् ।


 

error: Content is protected !!