(ne) Guru Siyag Yoga

  • बच्चाहरूमा तनावबाट मुक्ति : हामी प्रायःसोच्छौं कि ध्यानको मतलब विचार शून्य हुन कोसिस गर्नु हो जबकी यस्तो होइन । यो त अशान्त मनलाई शान्त गर्ने विधि हो । जस्तै पानीले भरिएको गिलासमा माटो हालेर हल्लाउँदा पुरै गिलास भरि हिलो मात्र देखिन्छ, फेरि सुस्त-सुस्त माटो गिलासको पिँधमा बस्न थाल्छ केही समय पछि गिलासमा सफा पानी देखिन लाग्छ, जबकी माटो अझै पनि गिलासमा नै छ । ठीक त्यस्तै प्रकारले जब हामी ध्यान गर्छौं तब विचारहरूको आँधी केही समय सम्म मनमा घुम्छ । फेरि जसै-जसै बच्चा मन्त्र जपमा केन्द्रित हुँदै जान्छ त्यस्तै- त्यस्तै विचार शान्त हुन लाग्छ । जब मन शान्त हुन्छ तब यसको प्रभाव पुरा शरीरमा पर्छ र तनाव तुरुन्त कम वा गायब हुन्छ ।
  • पढाइमा राम्रो प्रदर्शन : बच्चामा यस प्रकारले घटेको तनावले उसको सजगता लाई बढाउँछ र ध्यानलाई केन्द्रित गर्छ । जुन विद्यार्थीहरूले गुरु सियाग योगको अभ्यास गर्थे उनीहरूले भने कि ध्यान पछि उनीहरूलाई कठिन विषय पनि सरल लाग्न थाल्यो । एकाग्रता बढ्नाले उनीहरूको स्मरण शक्ति पनि बढ्यो र याद पनि छिटो हुन थाल्यो ।
  • चिन्ता एवं डिप्रेशनमा कमी : हरेक थोरै दिनमा हामी सुन्छौ कि केही बच्चाहरू पढाइको बोझले या फेल हुने डरले वा अन्य कारणले डिप्रेशनमा आएर आत्महत्या गरेका छन् । यदि उनीहरूको स्कूल वा कलेजले 15 मिनेटको ध्यान आफ्नो पाठ्यक्रममा समावेश गरेमा यस प्रकारका भयानक घटनाहरूबाट बच्न सकिन्छ । यसको लागि कम्तीमा पनि आमा-बाबुले घरमा साँझ-बिहान ध्यानको लागि केटाकेटीहरूलाई बसाउन सक्छन् । बच्चाहरूले जति सानो उमेरमा ध्यान आरम्भ गर्छन् त्यति नै छिटो प्रगति गर्छन् । गुरु सियागको विधिले ध्यान गर्ने बच्चाहरूले भने कि उनीहरू अब पहिलेको भन्दा ज्यादा राम्रो सँग तनाव तथा चिन्ताबाट पार पाउन सक्षम छन् । परीक्षा भन्दा पहिले ध्यान, पढ्न बस्नु भन्दा पहिले ध्यानले, मन एवं शरीरलाई शान्त राख्छ र हातमा लिएको कार्यमा मन राम्रो सँग केन्द्रित हुन्छ । गुरु सियागको ध्यानले भावनात्मक सन्तुलनलाई पनि बलियो बनाउँछ – बच्चाहरू कुनै पनि दबाबको परिस्थितिमा पनि शान्तिले घटनाक्रमलाई अवलोकन गर्छन् र बिना भावुक वा डिप्रेश भएर भविष्यको लागि राम्रो निर्णय लिन सक्नमा सक्षम हुन थाल्छन् ।
  • बच्चाहरूमा नयाँ आइडिया सोच्न सक्ने क्षमताको विकास : गुरु सियागको विधिबाट बच्चाहरूको मानसिक क्षमताको विकास हुनाले उनीहरूले नयाँ क्रिएटिवआइडिया सोच्न सक्छन् । प्रत्येक कार्यलाई एउटा बेग्लै तरिकालेशीघ्र गर्न सक्ने क्षमताको विकास हुन लाग्छ । जुन विकास बाबु-आमाले सम्झाएर गराउन सक्दैनन् त्यो गुरु सियागको साधनाले आफैआफ हुन लाग्छ ।
  • खुसीको मानसिक स्थिति : गुरुसियागको ध्यानको तरिकाले बच्चाको व्यक्तित्वमा ठूलो असर पार्छ । उनीहरू खुसी एवं आत्मविश्वासले भरिएका देखिन्छन् । केही बच्चाहरूले भनेका छन् कि ध्यान सुरु गरे पछि देखि नै उनीहरू धेरै आशावादी भएका छन् र उनीहरूको हरेक कार्यमा आत्मविश्वास बढेको छ । समस्या देखि डराउन बन्द भयो र नयाँ कुरा दिमागमा आफैआफ आउन थाल्यो । खुसीको मानसिक स्थितिको कारणले बच्चाको झगडालु बानी तथा ठुस्किने आदि जस्ता बानीमा पनि कमी आयो । उनीहरू वरिपरिका मान्छेहरू सँग राम्रो सँग पेस आउन थाले जसले उनीहरूको सामाजिक गुण, सीप एवं सम्बन्धमा पनि सुधार आयो ।
  • उच्च चेतनाको विकास : बच्चामा अर्का प्रति दया एवं सहानुभूतिको विकास, अर्काको आवश्यकता प्रति पनि सचेतन हुनु र अरू सँग राम्रो सँग पेस आउनु । खाँचोपरेका व्यक्तिहरू प्रति दया भाव उत्पन्न हुनु एवं अन्यायको प्रति उभिन सक्ने क्षमताको विकास हुनु आदि आदि ।

हरेक आमा-बाबु सन्तानको लागि जिउँछन् र उनीहरूको हरेक प्रकारको प्रगति हेर्न चाहन्छन् । पहिले संयुक्त परिवारको कारणले बच्चा भावनात्मक रूपले सही विकसित हुन्थेतर आजको समयमा एकल परिवारको कारणले बच्चा तथा आमा-बाबु दुबै झन्कि रहने हुन्छन् । बच्चाको मानसिक विकास पनि सही तरिकाले हुन पाउँदैन, परिस्थितिको कारणले आमा-बाबुले पनि बच्चालाई समय दिन पाइरहेका हुन्नन् र बच्चाको सही निगरानी हुन पाउँदैन । यस्तोमा गुरु सियागको ध्यानको विधिले बच्चालाई उसको मार्गबाट भटकन दिँदैन । आमा-बाबुले खालि बच्चालाई गुरु सियागको ध्यान गर्ने संस्कार मात्र हाल्न सके भने बाँकी सबै ख्याल कुण्डलिनी शक्तिले आफैआफ राख्न थाल्छ र तपाइँको बच्चालाई त्यो उचाइमा लिएर जान्छ जहाँ तपाइँले उसलाई हेर्न चाहनु हुन्छ ।

error: Content is protected !!