कुण्डलिनी जागरणको सङ्केत।एउटा सामान्य जस्तो प्रश्न छ कि कुण्डलिनी जागरणको सङ्केत शरीरमा हुने यौगिक क्रिया हुन जस्तै हलचल (मुभमेन्ट), आसन, मुद्रा आदि, यदि यो अनुभव भएन भने कुण्डलिनी जागरण भयो वा भएन? कसरी थाहा हुन्छ? यो प्रकरण दुई प्रकारले बुझ्न सकिन्छ :
- कुण्डलिनी जागरणको केही विशेष वा शान्त सङ्केत
- ध्यानको दौडान साधकद्वारा ध्यान राख्ने योग्य कुरा
ध्यानको दौडान यौगिक क्रिया नभएमा कुण्डलिनी जागरणको निम्न सङ्केत छन् –
त्यस्तो त यी सङ्केत अनन्त छन् तर यहाँ ती अनुभव लेखिएका छन् जुन साधकद्वारा भनिएका हुन । यदि तपाइँलाई कुनै अरू अनुभव भएमाकृपया सूचित गर्नुहोला ।
- हत्केला वा टाउको चिसो वा तातो हुनु । केही साधकलाई मेरुदण्डमा चिसो वा तातोको अनुभव हुन्छ ।
- ध्यानको अवस्थामा प्रकाश वा रङ्ग देखिनु वा कुनै दिव्य घटना देखिनु ।
- कुनै व्यक्ति वा घटनाको बारेमा पूर्व आभास हुनु वा साधकलाई कुनै कार्यको बारेमा कुनै सङ्केत आउनु र त्यसै अनुसार घटित हुनु ।
- अचानक धेरै आनन्द वा सबैको लागि अत्याधिक प्रेमको अनुभूति हुनु । अत्याधिक आनन्दको स्थितिमा आकाशमा उडेको जस्तो अनुभव हुनु ।
- कसैलाई ध्यानको दौडान धेरै रुन आउनु एवं त्यसपछि महसुस हुनु कि जीवनभरि भरिएको दुख, आँसुसँग बगेर गएको ।
- ध्यानमा स्वयंको अत्याधिक फैलाउ जस्तै सबै कुरा आफूमा समाविष्ट भएको होओस् वा कहीँ धेरै गहिरोमा गएको अनुभूति ।
- यस्तो अनुभूति हुनु जस्तो सानो हुँदा-हुँदा कुनै दिव्य बिन्दुमा परिवर्तित भएको ।
- गुरु सियागको धेरै जसो शिष्य यस्ता पनि छन् जसलाई ध्यानको दौडान कुनै पनि अनुभूति हुँदैन न कुनै यौगिक क्रिया न कुनै अनुभव न रुनु न हाँस्नु न त कुनै दिव्य अनुभूति । यस्ता साधकले कसरी बुझ्ने कि उनीहरूको कुण्डलिनी शक्ति जागृत छ? गुरुदेवले भन्नु हुन्छ कि कुनै पनि साधकको लागि धेरै महत्वपूर्ण छ उसमा आउने परिवर्तन । गुरुदेवले भन्नु हुन्छ कि यदि साधकमा साधना पछि पनि उसको व्यक्तित्वमा कुनै परिवर्तन आउँदैन, जस्तो उ पहिले थियो त्यस्तै नै रहिरह्योभने साधकले बुझ्नु पर्छ कि कुण्डलिनी जागरण भएको छैन । साधनामा वा नियमिततामा कहीँ न कहीँ कुनै कमी छ ।
- ती साधक जसलाई कुनै पनि अनुभूति हुँदैन उनीहरूले जीवनमा धेरै राम्रो परिवर्तन पाउँछन्। जस्तै –
निरन्तर नाम-जप (मन्त्र-जप) र ध्यानले वृत्तिमा परिवर्तन आउँछ जस्तै- खाने बानीमा परिवर्तन आउनु, मासु वा रक्सी वा लागू पदार्थ ग्रहण नगर्ने इच्छा, सात्त्विक वा हल्का भोजन गर्ने इच्छा ।
- सामाजिक जिन्दगी वा सम्बन्धमा परिवर्तन आउनु । बिना धेरै कोसिस गरेर गलत आचरण आफैआफ छुट्नु । स्वयंकोउपस्थितिबाट वरिपरिको वातावरणमा परिवर्तन महसुस गर्नु ।
- साधनामा अगाडि बढ्नुको साथै आन्तरिक ऊर्जाले नकारात्मक सोचलाई टाढा राख्न थाल्छ । साधकलाई यस्ता व्यक्ति भेटिन थाल्छन् जुन उसको आध्यात्मिक प्रगतिमा सहायक हुन्छन् ।
- साधकको व्यवहार बदलिन थाल्छ, साधक आफ्नो कार्य वा कमजोरी प्रति अधिक सचेत हुन थाल्छ । जसै-जसै चेतना बढ्न थाल्छ त्यस्तै-त्यस्तै रिस उठ्न कम हुन थाल्छ । साधकले तुरुन्त आफ्नो गल्ती स्विकार्न थाल्छ । सबै प्रति प्रेमपूर्ण हुन थाल्छ । उसको चेतना नकारात्मकताको श्रृंखलालाई तोड्नमा सहायक हुन्छ ।
यस प्रकारका हुने परिवर्तनको सुची असीमित छ । कुण्डलिनी जागरणको कारणले हुने परिवर्तनलाई लिएर पुरा किताब लेख्न सकिन्छ ।
यदि तपाइँलाई कुनै यौगिक क्रिया पनि भइरहेको छैन न त कुनै दिव्य अनुभव भइरहेको छ न त कुनै परिवर्तन– व्यवहारमा, व्यक्तित्वमा, वा दैनिक जीवनमा आइरहेको छ त यो सोच्ने विषय हो कि गल्ती कहाँ भइरहेको छ? यहाँ ती कारणलाई जान्ने कोसिस गर्ने छौं जुन कुण्डलिनी जागरणमा वा साधनामा बाधापुर्याउँछन् । केही यस्ता कारणलाई छलफल गर्ने छौं –
गलत अभ्यास :केही व्यक्तिले अनजानमा मन्त्रको गलत उच्चारण गर्छन् वा मानसिक जपको साटो बोलेर जप्छन् ।सही उच्चारण एवं ध्वनिले मन्त्रलाई सामर्थ्य दिन्छ । यदि एउटा पनि शब्द गलत छ भने मन्त्रको प्रभाव हुँदैन । त्यस्तै गुरु सियाग योगको ध्यानको तरिका पनि सही प्रकारले थाहा हुनुपर्छ । यदि तपाइँलाई मन्त्र उच्चारणमा कुनै शङ्का छ भने वा ध्यानको सही तरिका जान्नु छ भने हामीसँग सम्पर्क गर्नुहोला तपाइँलाई हामी मन्त्रको सही उच्चारणको अडियो/भिडियो र ध्यानको तरिका पठाइ सहयोग गर्ने छौं ।
नियमित साधना नगर्नू :गुरु सियागले दुई पटक बिहान-बेलुका 15 मिनेटको ध्यान तथा अधिकतम मन्त्र जपको लागि भन्नुहुन्छ । केही साधकले दुई मध्ये कुनै एकलाई छोडी दिन्छन् वा 15 मिनेटको ध्यान गर्दैनन् वा ध्यान एक पटक मात्र गर्छन् वा मन्त्र जप गर्दैनन् । मन्त्र जप केवल ध्यानको समयमा गर्छन् बाँकी समय मन्त्र जप गर्दैनन् । गुरुदेवले भन्नुहुन्छ कि मन्त्र जप कुण्डलिनी जागरणको साँचो हो । यदि तपाइँले पर्याप्त मन्त्र जप गर्नु भएन भने साधनाको परिणाम चाँडो आउँदैन । त्यसै प्रकारले ध्यानमा पनि लापरवाहले परिणाम ल्याउँदैन ।
आफैले आफूलाई धोकामा राख्नु :यस साधना विधिमा स्वयंमा इमानदारी र स्पष्ट हुनु धेरै जरुरी छ । अधिकतम साधकले यो स्विकार गर्दैनन् कि उनीहरू साधना प्रति नियमित छैनन् तथा उनीहरूले GSY को साधना विधिमा कमी खोज्न थाल्छन् वा सबै कुरा गुरुदेवको इच्छामा हाल्न खोज्छन् । यो धेरै हानिकारक व्यवहार हो । यसको मतलब यो पनि हो कि साधक विकासको लागि स्वयंले जिम्मेवारी लिनुको साटो सबै चीजको जिम्मेवारी गुरुदेव वा योग विधिमा हालेर स्वयंलाई मुक्त राख्न चाहन्छ । यस्ता साधकले पुरा तरिकाले भरोसा,आस्था एवं निष्ठा नराखेर यताउता भौँतारिन्छन् ।
पूर्व ज्ञानको अधिकता :केही व्यक्ति आफ्नो पूर्व ज्ञान – योग दर्शन, तन्त्र विज्ञान, अन्य ध्यानका विधि, चक्र वा अन्य प्रचलित विधिको ज्ञानले भरिएका हुन्छन् र त्यस ज्ञानलाई गुरुदेवको साधनासँग जोडने असफल प्रयास गर्छन् । पछिल्लो भौतिक ज्ञानबाट गुरु सियागको विधिलाई बद्लिने कोसिस गर्छन् । यस कारण ती व्यक्तिहरूको लागि यस साधनामा त्यो भौतिक ज्ञानको कारणले धेरै ठूलो अन्तर हुन आउँछ र उनीहरू गुरु सियागको विधिबाट भ्रमित हुन्छन् ।उनीहरूले केही विशेष अनुभवलाई छाँटेर चुन्छन् वा आफूले बनाएको लक्षलाई स्थापित गर्छन् र त्यही पूर्व ज्ञानको अनुसार परिणाम प्राप्त गर्ने इच्छा राख्छन् । फेरी त्यो पूर्व निर्धारित परिणाम प्राप्त नभएमा शङ्कालु हुन्छन् तथा साधनाको कारणले भएको परिणामलाई महसुस गर्न सक्दैनन् र साधनाको विधिमा दोष खोज्न थाल्छन् ।
यस प्रकारका व्यक्तिहरूलाई गुरुदेवको भनाइ छ कि – यस्ता व्यक्तिले योगलाई धेरै बल्झिएको एवं कठिन बनाइ दिएका छन् जबकी यो धेरै सिधा एवं सरल छ । मान्छे पूर्व ज्ञानको चक्करमा आफैलाई नै बल्झाएर राख्छन्।